मङ्गलबार, १९ अगस्ट २०२५

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

‘स्वास्थ्य बीमा’ खारेज होइन व्यवस्थित गरिन्छ, दुई चरणको काम थालिसक्यौंः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको उनले बताएका छन्। संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनयुद्धकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको प्रचण्डको दाबी

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले हिजो वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनका विरुद्ध गरिएको जनयुद्धका कारण नेपाल समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताहरू धरौटीमा रिहा

अनेरास्ववियुका नेता रमेश फुलारासँग १५ हजार रुपैयाँ धरौटी माग हुुँदा अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। गत माघ २४ गते राति ठमेल क्षेत्रमा ड्युटीमा खटिएका रबारमार्गस्थित केशरमहल बिटका प्रहरी प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट विद्यार्थीहरूबाट कुटिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिमा महाशिवरात्री पर्वको तयारी पूरा, गाँजा-भाङ निषेध

यस वर्षको महाशिवरात्री पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्री पर्व व्यवस्था मूल समारोह समिति-२०८१’ गठन भई सो मूलसमितिअन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरूको गठन गरी कार्य प्रारम्भ भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले जितेका क्षेत्र ‘टाढैबाट हेर्दा अलग्गै चिनिने’ हुनुपर्छः गगन थापा

उनले वर्तमान गठबन्धनको सरकार सञ्चालन प्रभावकारी हुनुपर्ने भन्दै कांग्रेसले जितेको ठाउँमा ०८४ सालमा घोषणापत्र नभइ रिपोर्ट कार्ड लिएर जानुपर्ने बताए। उनले भने, ‘हामीले घुस खाएनौं, सीमित स्रोतसाधनका बाबजुद पनि यो यो गर्‍याैं भनेर रिपोर्ट कार्ड लिएर जनतामा जाने हो। कांग्रेसले जितेको ठाउँमा हाम्रो कामले भोट दिने वातावरण बनाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ टोलीबीच भेटवार्ता

प्रधानमन्त्री ओलीले अध्ययन, अवलोकन र जीवनका वास्तविकताहरू अनुुभव गरेर सिक्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले यस मञ्चमार्फत एक ऊर्जावान, भविष्यका एक सम्मानित र गतिशील युवा बन्न सहभागीलाई प्रेरणा मिलोस् भनी कामना गरे। कार्यक्रमअन्तर्गत विभिन्न देशका युवाहरूलाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका असरदार नेतृत्वकर्ता र असल नागरिकका रुपमा रुपान्तरण गर्ने काम गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जालको दुरुपयोगले निराशा फैलाउने काम भयोः प्रकाशशरण महत

प्रवक्ता डा.महतले नेपालले विगतमा धेरै उथलपुथल सामना गरेकाले विकासमा केही अवरोध आएको स्वीकार्दै अब भने देश द्रुत गतिमा समृद्धिको दिशामा अघि बढ्ने दाबी गरे। नेपालको जलविद्युत् क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार हुन सक्ने बताउँदै डा. महतले हाल देखिएको हाइड्रो पावरमा लगानीको आकर्षणले नेपाललाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्ने उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - दुबई

रोल्पा पुगेर गगनले भने- प्रचण्डको चकचकले कांग्रेस-एमालेको सरकार बन्यो

‘प्रचण्डको चकचकको कारणले गर्दा कांग्रेस र एमालेको सरकार बन्यो। कांग्रेससँग हुँदा चकचक गर्दै एमालेकोमा जानुभयो, फेरि केपी ओली त बेइमान रहेछन् भन्दै कांग्रेससँग भन्न थाल्नुभयो। प्रचण्डको यही चकचकका कारण कांग्रेस-एमालेको सरकार बनाउनुपर्ने स्थिति आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्स्पेक्टर सन्तोषीको आत्महत्या प्रकरण- सशस्त्रकै इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

घटनाबारे अनुसन्धानका लागि सोमबार सशस्त्र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए। सिन्धुपाल्चोक घर भएकी सन्तोषी शनिबार राती ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन्। प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको हुनसक्ने पारिवारले आशंका गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संस्थापक अध्यक्ष पदमबहादुर गुरुङकाे अभिव्यक्तिप्रति गेसोकाे घोर आपत्ति

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले हालै गोरखा भू.पू. सैनिकहरूको हक, हित र अधिकार संरक्षणका लागि संस्थागत रूपमा निरन्तर क्रियाशील रहेको स्पष्ट पार्दै संगठनको उद्देश्यविपरीत फैलाइएका भ्रमपूर्ण अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लन्डन

उत्पीडित समुदायले पाएको अधिकारलाई एकथरीले माओवादीले पाए जस्तो गरे: प्रचण्ड

जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई जस्ताको त्यस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताएका थिए। बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको पनि उनले स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सशस्त्र प्रहरीको नाम फेर्न योगेशको प्रस्ताव, विराजभक्तको समर्थन

‘अर्ध सैनिक संगठन भनेपछि यसलाई प्रहरी भन्न पर्दैन। हामीसँग ७० वर्षदेखि सामुदायिक प्रहरीका रुपमा नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका काम गरिरहेकै छ। ‘सशस्त्र सुरक्षा बल नेपाल’ भनेर नाम राखियो भने यसले यो अर्ध सैनिक बलको भावनाको ठिक ढंगले सम्बोधन हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनधिकृत संरचनामाथि ललितपुर महानगरकाे चल्याे डाेजर, भत्काइयाे वडा कार्यालय पनि (तस्बिरहरू)

ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ। ललितपुर महानगरपालिकाले डोजर प्रयोग गरेर महानगरपालिका–५ स्थित लगनखेलको 'न्हुँ पुखु'को पूर्वपट्टीका टहराहरु भत्काउन थालेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारलाई सांसद पौडेलको प्रश्न- घाटामा गएको प्राधिकरणलाई नाफा गराएर कुलमानले के गल्ती गरे?

‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भनेर हल्ला सुनिन्छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे? घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे? मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले? भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी उल्टो बाटो हिँडिरहेका छौंः सञ्चारमन्त्री गुरुङ

‘परिवर्तन नै नभएको हाम्रा नीतिहरू छन्। गणतान्त्रिक नेपालमा गतिलो नीति नभएको मन्त्रालय हो जस्तो लाग्छ, अब यो कुरालाई मेटाउँदैछौं। यस वर्ष सबै नीति, विधेयक र कानूनहरू बनाउने कुरामा सबै सक्ने भनेर काम गरिरहेका छौं। यसै संशोधनका क्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधन पनि गर्नुपर्नेछ। धेरै ठाउँमा नीतिहरू नै छैन्, उल्टो बाटो हिँडिरहेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भ्रष्टाचारी ठहर’ गगन पुरीसँग प्रचण्डको ‘मर्निङ वाक’

तराई मधेश जागरण अभियानको सिलसिलामा झापा पुगेका माओवादी नेताहरूको खटनपटनको सम्पूर्ण जिम्मेवारी यिनै पुरीले लिएका छन्। कतिपय माओवादीका नेताहरूले सम्पत्ति शुद्धिकरणमा दोषी ठहर भएका पुरीसँग अंकमाल नगर्न प्रचण्डको सचिवालयलाई सुझाए पनि प्रचण्ड स्वयंले भने नजरअन्दाज गर्दै साथमै लिएर मर्निङ वाकमा निस्केका माओवादी झापाका एक नेताले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

कुलमानलाई हटाउने अन्तिम तयारी, आज साँझ मन्त्रिपरिषद बैठक बस्दै

घिसिङलाई पदमुक्त गर्ने उद्देश्यले मन्त्री खड्काले गत पुस २२ मै स्पष्टीकरण सोधिसकेका छन्। मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै कुलमानलाई पदमुक्त गर्ने तयारी भएको स्रोतले बतायो। कुलमानले मन्त्रालयले सोधेको स्पष्टीकरणमा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डोजरले खसालेको ढुङ्गा लागेर ६ वर्षीय बालकको मृत्यु, आमा सिकिस्त

हुम्लाबाट आफ्नो घर धैनतर्फ फर्किदै गर्दा सोरु गाउँपालिका-१० बलाडी नजिकै उनीहरू डोजरले खसालेको ढुंगाको चपेटामा परेका थिए। उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाही र डोजर धनी सोही वडा निवासी नवराज मल्लले लिएका छ्न। घटनास्थल सदरमुकामदेखि टाढा भएकाले थप विवरण आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुराना पार्टीले विश्वास गुमाए, अब हामी वैकल्पिक शक्ति बन्छौंः अशोक राई

कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहँदैमा मूलुकमा राजनीतिक रिक्तता हुन नसक्ने उनको भनाई छ। राजनीतिक रिक्तता परिपूर्ति गर्ने अरु सक्षम र लायक पार्टीको उदय हुने मान्यतामा जनता समाजवादी पार्टी जनताका माझ लिएर आएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं