बिएल संवाददाता
                                सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले धेरै नीतिहरू परिवर्तन गर्नुपर्ने बताएका छन्।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्धमा गरेको अन्तर्क्रियामा बोल्दै मन्त्री गुरूङले धेरै स्थानमा नीतिहरू नै नभएकाले उल्टो बाटो हिँडिरहेको बताएका हुन्।
उनले भने, ‘परिवर्तन नै नभएको हाम्रा नीतिहरू छन्। गणतान्त्रिक नेपालमा गतिलो नीति नभएको मन्त्रालय हो जस्तो लाग्छ, अब यो कुरालाई मेटाउँदैछौं। यस वर्ष सबै नीति, विधेयक र कानूनहरू बनाउने कुरामा सबै सक्ने भनेर काम गरिरहेका छौं। यसै संशोधनका क्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधन पनि गर्नुपर्नेछ। धेरै ठाउँमा नीतिहरू नै छैन्, उल्टो बाटो हिँडिरहेका छौं।’
साथै उनले राज्यको काम गर्ने तरिका बदल्नुपर्ने बताए। उनले अहिले पनि मुलुक टुक्र्याउने वा मुलुकलाई विखण्डन गर्ने दुष्प्रयासहरू भइरहेकाले यस्ता दुष्प्रयास गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए।
उनले भने, ‘राज्यको काम गर्ने तरिका बदल्नुपर्ने छ। पहिले नीति बनाउनुपर्यो, त्यसपछि ऐन बनाउनुपर्यो। बनाएका ऐनहरू परिवर्तन हुनुपर्छ। स्वतन्त्रता, स्वाधिनता या भौगोलिक अखण्डता कदापी हुनु भएन। अहिले पनि हाम्रो मुलुक टुक्र्याउने वा विखण्डन गर्ने दुष्प्रयासहरू भइरहेका छन्। संविधान जारी भएपनि यस्ता दुष्प्रयासहरू समाप्त भएका छैनन्। धार्मिक सहिष्णुता भत्काउन पाइँदैन। यस्ता दुष्प्रयास गर्नेहरूलाई कारबाही गर्नुपर्छ।’
साथै उनले एआई प्रयोगले संसार नै ध्वस्त हुने भन्दै यसलाई नियमन गर्नुपर्ने बताए।
उनले भने, ‘एआई प्रयोगले संसार नै ध्वस्त हुनसक्छ। त्यसैले यस्ता विषयहरू नियमन गर्नको लागि पनि सामाजिक सञ्जाल विधेयक पास हुन आवश्यक छ। सामाजिक सञ्जाल नियमन जरुरी छ यसमा सरकारले पछाडि फर्कनुपर्ने अवस्था छैन विरोध नगरौं।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया