बिएल संवाददाता
                                नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान झापाबाट सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले झापाको कचनकवलबाट अभियान सुरु गरेका हुन्।
जागरण अभियानका लागि प्रचण्ड आइतबार नै झापा पुगिसकेका थिए। सोमबार बिहानै वर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरूलाई साथ लिएर प्रचण्ड मर्निङ वाकमा निस्केका थिए। तर, मर्निङ वाकमा एउटा यस्तो दृश्य देखियो जसलाई देखेर माओवादीका कार्यकर्ताहरू नै आश्चर्यमा परे।
प्रचण्डसँगै अग्रपंतिमा देखिए माओवादी नेता गगन (रेवतराज) पुरी। यी तीनै पुरी हुन्, जो झापाको रतुवा र दिपिनी खोला किनारको ११ बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा मुद्दा खेपिरहेका छन्।
झापाको दमक नगरपालिका-१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अझ रोचक त के छ भने, सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरिसकेको छ। सोही मुद्दामा उनकी श्रीमतीलाई समेत अदालतले दोषी ठहर गरेको थियो।
गगन पुरीलाई चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उनकी श्रीमती श्रीमती सीमा भनिने केशावती पुरीलाई चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाएको थियो।
सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।
तराई मधेश जागरण अभियानको सिलसिलामा झापा पुगेका माओवादी नेताहरूको खटनपटनको सम्पूर्ण जिम्मेवारी यिनै पुरीले लिएका छन्। कतिपय माओवादीका नेताहरूले सम्पत्ति शुद्धिकरणमा दोषी ठहर भएका पुरीसँग अंकमाल नगर्न प्रचण्डको सचिवालयलाई सुझाए पनि प्रचण्ड स्वयंले भने नजरअन्दाज गर्दै साथमै लिएर मर्निङ वाकमा निस्केका माओवादी झापाका एक नेताले बताए।
उनले भने, ‘अदालतले दोषी करार गरिसकेका व्यक्तिलाई साथ लिएर हिँड्दा जनतामा राम्रो सन्देश जाँदैन। जागरण अभियानमै यस्ता व्यक्तिहरूसँग देखिँदा हाम्रो अभियानको पनि औचित्य पुष्टि हुँदैन। हामीले सचेत पनि गराएका थियौं। सचिवालयले चासो नदिएको हो कि के हो, उहाँ (गगन पुरी)सँगै अध्यक्षज्यू देखिनुभयो।’
एमाले झापाका एक नेताले अदालतले दोषी करार गरिसकेका व्यक्तिको पाखुरी समाउँदै हिँड्दैमा प्रचण्डको सु-शासन नआउँने बताए।
‘प्रचण्डको सु-शासन अभियानको पहिलो गाँसमै ढुंगा लाग्यो। उनको अभियान गगन पुरीजस्ताको खटनपटनले हलुवामा बालुवा लागेजस्तो भयो। झापाको ३० बिघा जग्गा खाएका नेतालाई बोकेर हिँडेका प्रचण्डको सु-शासन अभियानको मुकुन्डो उत्रियो।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया