बिएल संवाददाता
                                जनता समाजवादी पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ।
आइतबार पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री अशोक कुमार राईले ललितपुरको ग्वार्कोचोकमा केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन्।
कार्यालय उद्घाटनपछि अध्यक्ष राईले अब नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरू सञ्चालन हुने जानकारी दिए। समाजवादी पार्टी मूलुकको वैकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटका साथ संगठित भएको पनि उनको भनाइ छ।
उनले भने, ‘अब यही नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरू सञ्चालन हुनेछन्। अब समाजवादी पार्टी मूलुकको वैकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटका साथ संगठित भएको छ।’
कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहँदैमा मूलुकमा राजनीतिक रिक्तता हुन नसक्ने उनको भनाई छ। राजनीतिक रिक्तता परिपूर्ति गर्ने अरु सक्षम र लायक पार्टीको उदय हुने मान्यतामा जनता समाजवादी पार्टी जनताका माझ लिएर आएको उनले बताए।
उनले भने, ‘पुराना पार्टीहरू पूराना विचार, पूरानो सोच, पूरानो संस्था र कार्यशैलीको कारण निरन्तर जनताको बीचमा विश्वास गुमाउँदै गएको र निराश भएको अनुभूति गरेको छौं। कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहन्छ भने मूलुकमा राजनीतिक रिक्तता हुन सक्दैन। त्यस्तो रिक्तता परिपूर्ति गर्ने अरु सक्षम र लायक पार्टीको उदय हुन्छ। त्यही मान्यतामा हामी जनता समाजवादी लिएर जनताको माझ आएका छौं।’
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको हो।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया