बिएल संवाददाता
नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘सशस्त्र प्रहरी बल’ नेपालको नाम फेर्न सुझाव दिएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरीसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै भट्टराईले ‘सशस्त्र प्रहरी बल’को नामबाट प्रहरी शब्द हटाएर ‘सशस्त्र सुरक्षा बल’ नेपाल राख्न उपयुक्त हुने सुझाव दिए।
उनले भने, ‘अर्ध सैनिक संगठन भनेपछि यसलाई प्रहरी भन्न पर्दैन। हामीसँग ७० वर्षदेखि सामुदायिक प्रहरीका रुपमा नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका काम गरिरहेकै छ। ‘सशस्त्र सुरक्षा बल नेपाल’ भनेर नाम राखियो भने यसले यो अर्ध सैनिक बलको भावनाको ठिक ढंगले सम्बोधन हुन्छ।’
भट्टराईको प्रस्तावमा रास्वपाका सांसद विराजभक्त श्रेष्ठले योगेश भट्टराईको प्रस्तावप्रति समर्थन जनाए। उनले पनि सशस्त्रको नाम फेर्ने प्रस्ताव उचित रहेको बताएका छन्।
उनले भने, ‘यसअघि माननीयज्यूले नाम फेर्न उपयुक्त हुने सुझाव दिनुभयो। मलाई पनि त्यो ठिकै लाग्यो। यसको काम कर्तव्य र अधिकारलाई अझ परिस्कृत गर्नका लागि ‘सशस्त्र सुरक्षा बल’ राख्न उचित हुन्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया