मङ्गलबार, १९ अगस्ट २०२५

कुलमानलाई हटाउने अन्तिम तयारी, उर्जामन्त्रीले सोधे ‘२४ घण्टे स्पष्टीकरण’

मन्त्री खड्काले घिसिङलाई नेपाल-भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा मन्त्रालयको स्वीकृतीबिना सहभागी भएको भन्दै त्यसमा पनि स्पष्टीकरण सोधेका छन्। स्पष्टीकरण पत्रमा सोधिएको छ, ‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूचीको विषय संख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेस गर्नुपर्ने विषयमा मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी पाएको?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपचारका लागि थाइल्याण्ड गइन् सोविता गौतम

तर, सोविताकी स्वकीय सचिव प्रकृति न्यौपानेले भने उनी एनजीओको कार्यक्रमा थाइल्यान्ड गएको बताइन्। उनी उपचारका लागि गएको बारे न्यौपानेलाई कुनै जानकारी छैन। उनी भन्छिन्, ‘एनजीओको कार्यक्रममा थाइल्यान्ड जानु भएको हो। स्वास्थ्य उपचारबारे मलाई जानकारी छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकटै नकाटी आसेपासे लिएर रंगशाला पुग्ने मेयर, सांसद र मन्त्रीदेखि एन्फा आजित, निमन्त्रणाबिना खेल हेर्न नआउन आग्रह

बुधबारको फाइनल खेलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फा कम्पिटिशन डाइरेक्टर सञ्जीव मिश्रले मेयरदेखि सांसद, मन्त्रीहरू बिना निमन्त्रणा नै मैदान आउने गरेकोले भिड व्यवस्थापनमा समस्या हुने गरेको बताए। फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र म्यानमारबीच प्रतिष्पर्धा हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भनेको सुहाएन: सांसद ढकाल

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यू सार्वजनिक कार्यक्रममा म भ्रष्ट्रचार गर्दिन गर्न दिन्न भन्नु हुन्छ। म यहाँ केही तथ्यांक प्रस्तुत गर्छु। भ्रष्ट्रचार अवधारणा सुचांक २०२३ सार्वजनिक गरेको छ ट्रान्सफरेन्सी  इन्टरनेसनलले, त्यसका १८० देशहरूको तथ्यांक छन्। डेनमार्क ९० अंकले भ्रष्टाचार  कम गर्ने देश बनेको छ। हाम्रो ३५ अंक, सन् २०१५ मा २७ अंक, २०१६ मा २९ अंक, २०१८ मा ३१ अंक, २०१९ मा ३४ अंक, २०२०मा ३३ अंक औषत अंक पनि छैन यो वर्षमा। यो सरकार सञ्चालकको थियो सभामुख महोदय? भ्रष्टाचार गर्दिन गर्न नि दिन्न भन्नु भएको रहेछ त। भ्रष्टाचार गर्दिन गर्न नि दिन्न भन्न सुहाउदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा रन्किएका नारायणकाजीले चितवन पुगेर मागे माफी

उनले भने, ‘जसलाई त्यस्तो नभए पनि हुन्थ्यो भन्ने परेको छ, जसलाई अलिकति चित्त दुखेको छ, ती सबैप्रति सकारात्मक धारणा राख्दै सार्वजनिक रुपमै क्षमा माग्न चाहन्छु।’ झापामा आफूमा मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भएपछि आफूलाई बिझाएको र त्यसपछि थप नबोलेको उनले बताए। उक्त घटनालाई सामान्य घटनाकै रुपमा लिन उनले अनुरोध गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘मेरै करिम’ गीतको भिडियो सार्वजनिक

मौसम गुरुङको स्वर रहेको ‘मेरै करिम’ गीतको भिडियो सार्वजनिक भएको छ। मनोहर भण्डारीको निर्देशनमा बनेको उक्त गीतको भिडियो सोमबार दिपक घिमिरेको यूटुब च्यानेलमार्फत सार्वजनिक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिका रुसतर्फ ढल्किँदा युक्रेनलाई नेपालको साथ

सोमबार पेस गरिएको रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावका पक्षमा नेपालसहित ९३ देशले समर्थन गरेका थिए। जबकी भारत र चीनसहित संयुक्त राष्ट्रसंघमा आवद्ध ६५ देशले मतदानमा भाग नै लिएनन्। विपक्षमा १८ मत परेको थियो। नेपाल, बेलायत,जर्मनी, फ्रान्ससहित ९३ देशले प्रस्तावको पक्षमा मत हाल्दा अमेरिका, रुस, इजरायल, हंगेरीलगायत १८ देशले विपक्षमा भोट गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उदित नारायणकी जेठी श्रीमतीको चित्कार–मलाई पैसा होइन, श्रीमानको साथ चाहिन्छ

बलिउडका चर्चित गायक उदित नारायणकी जेठी श्रीमती रञ्जना झाले उनीविरुद्ध कयौं आरोप लगाएकी छिन्।  रन्जना झाले वैवाहिक अधिकार पुनस्र्थापनाका लागि सुपौल पारिवारिक अदालतमा मुद्दा दायर गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दमकमा मेयर राम थापाको ‘हैकमवाद’, नगरपालिकाको सेवामा हस्तक्षेप

मेयरको हैकमबाट आजित एक सेवाग्राही भन्छन्, ‘नगरबासीलाई जस्तोसुकै समस्या परेपनि एम्बुलेन्स र शव वाहनको सेवा लिन मेयरलाई नै सम्पर्क गर्नुपर्ने हुन्छ। सम्बन्धित सेवाप्रदायक कर्मचारी वा नगरपालिकाका हाकिम वा अन्य कोही पनि जनप्रतिनिधिले एम्बुलेन्स र शवबाहन पठाउन सक्दैनन्।’  दमक नगरबासीहरूले यसलाई ‘राम राज्य’को हद बताउँने गरेका छन्। मेयर थापाले निर्वाचनमा एमाले बाहेक पाँच दलको गठबन्धनबाट उम्मेदवार भएर कांग्रेस, माओवादी केन्द्रलगायत दलका कार्यकर्ताहरूको समेत सक्रियतामा निर्वाचन जितेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

पूर्वबाट रातो सूर्य उदाउँदै छः प्रचण्ड

‘पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गएको छ। पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यवहारिक रुपमै पुष्टि भएको छ र ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिँदैछ।’

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

आईपीसीसीको ६२औं बैठक सुरु, यी कुरामा नेपालले फाइदा उठाउन सक्छ

हालै प्रकाशित एक अनुसन्धानले आईपीसीसीका प्रतिवेदनहरूमा एसडिजीको समावेशीकरण र यसको प्रभावकारितामा सुधार गर्न आवश्यक कदमहरू सुझाव दिएको छ। अनुसन्धान: एसडिजी र जलवायु कार्यबीच अन्तर्सम्बन्ध नेदरल्यान्ड्सस्थित ग्रोनिङ्गेन विश्वविद्यालयका डा. प्रजल प्रधानको नेतृत्वमा गरिएको एक अध्ययनले आईपीसीसीका विगतका प्रतिवेदनहरूमा एसडिजीको प्राथमिकता र समावेशीकरणको गहन समीक्षा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हाङ्जाउ

कूलदेवताको पूजाका लागि पूर्वराजा स्याङ्जामा

पूर्वराजा सोमबार आफ्नी बहिनी र छोरीका साथ स्याङ्जा पुगेका थिए। स्याङ्जाको वालिङमा उनका समर्थकहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाउदै स्वागत गरेका थिए। सोमबार वालिङमा बसेका उनीहरू मंगलबार बिहान कुलदेवीको मन्दिरतर्फ लागेका पूर्वराजाको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

मध्यरातमा खाना बोकेर सडकमा भौतारिन्थे सलमान खान

उनी सिपालु अभिनेताका साथै एउटा असल मानिस पनि हुन्। उनी आफ्नो दर्शकलाई कहिल्यै दुखी बनाउँदैनन्। उनी आवश्यकता परेका मानिसहरूको मदत पनि गर्छन्। जुन कुरा उनीसँगै काम गर्ने अभिनेत्री आयशा जुल्काले सुनाएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनविरुद्ध अमेरिका, रुस र इजरायल एकजुट, राष्ट्रसंघमा झड्का

रुस-युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै युक्रेनी क्षेत्रबाट रुसलाई हटाउन मतदान भएको थियो। यद्यपि रुसले युक्रेनको भूभागमा गरेको कारबाहीको राष्ट्रसंघको बहुमतले विरोध जनाएको छ। भारत र चीनसहित संयुक्त राष्ट्रसंघमा आवद्ध ६५ देशले मतदानमा भाग नै लिएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रिंकु मृत्यु प्रकरण: तीन जनामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ। पक्राउ परेका चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत सिराहाबाट सोमबार म्याद थप गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडाैं महानगरले उद्धार गर्‍याे ७३ जना बालबालिका

काठमाडौँ महानगरपालिकाले ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ।महानगरले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको हाे। जसमध्ये ३८ जना बाल संरक्षण गृहमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनकाे मूल्यले बनायाे नयाँ रेकर्ड, ताेलामा कति पुग्याे?

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ताेलामा पाँच सय रूपैयाँले बढेर १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो। याेसँगै सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनआरएनएमा निर्वाचन गराउन शेष घलेको आक्रामक कदम

बद्री केसी पक्षले कब्जाको शैलीमा चलाइरहेको एनआरएनएको कार्यालयलाई आफू मातहतमा ल्याएर एकता महाधिवेशनसम्बन्धी सबै कार्य गर्नेगरी घले अघि बढेका हुन्। सर्वोच्चको फैसलाअनुसार विधिवत रुपमा आफू मातहत कार्यालय ल्याएर काम गर्न खोजेको समितिका सदस्य विनोद कुवरले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेमा बस पल्टियो, १७ जना घाइते

काभ्रेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस मंगलबार धुलिखेल नगरपालिका–१० सारादा बतासेस्थित बिपी राजमार्गमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ