बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा पुगेका छन्। उनी कुलपूजाका लागि स्याङ्जा गएका हुन्।
पूर्वराजा सोमबार आफ्नी बहिनी र छोरीका साथ स्याङ्जा पुगेका थिए। स्याङ्जाको वालिङमा उनका समर्थकहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाउदै स्वागत गरेका थिए।
सोमबार वालिङमा बसेका उनीहरू मंगलबार बिहान कुलदेवीको मन्दिरतर्फ लागेका पूर्वराजाको सचिवालयले जनाएको छ।
कालीगण्डकी गाउँपालिका -३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि पूर्वराजा परिवारका सदस्यसहित स्याङ्जा पुगेका हुन्।
मंगलबार कुलदेवता मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चना सकेर मंगलबार नै फर्कने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया