बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफू आक्रोशित भएकोमा नेता कार्यकर्तासँग माफी मागेका छन्।
माओवादीको तराईं मधेस जागरण अभियानको झापामा उद्घाटन कार्यक्रममा सोमबार मन्तव्य दिइरहेका नारायणकाजी श्रेष्ठ आक्रोशित हुँदै बिचमै बोल्न छोडेर फर्किएका थिए।
आफूबाट हुन पुगेको उक्त व्यवहारप्रति उनले चितवन पुगेर माफी मागेका छन्।
उनले भने, ‘जसलाई त्यस्तो नभए पनि हुन्थ्यो भन्ने परेको छ, जसलाई अलिकति चित्त दुखेको छ, ती सबैप्रति सकारात्मक धारणा राख्दै सार्वजनिक रुपमै क्षमा माग्न चाहन्छु।’
झापामा आफूमा मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भएपछि आफूलाई बिझाएको र त्यसपछि थप नबोलेको उनले बताए। उक्त घटनालाई सामान्य घटनाकै रुपमा लिन उनले अनुरोध गरेका छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया