मङ्गलबार, १९ अगस्ट २०२५

शशांकको दाबी- ३० वर्षपछिका सबै विकासमा कांग्रेसको देन

देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाईल फोन सबै कांग्रेसको देन रहेको नेता कोइरालाले बताए। यी सबै उपलब्धि कांग्रेसकै कारणले आएको भएपनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरूलाई सुझाव दिए। नेता कोइरालाले केन्द्रीय कार्यसमितिमा ४० वर्षभन्दा मुनिका कोहि पनि नरहेकाकम गुनासो गरे। उनले युवाहरूलाई स्वेदशमै बसेर रोजगार सृजना गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको औंल्याए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

पूर्वराजालाई खासै महत्व दिन्नँ, अब राजतन्त्र फर्किन सम्भव छैनः प्रचण्ड

उनले पूर्वराजालाई कसैले उक्साएर बोल्न लगाएको हुनसक्ने अनुमान गर्दै अब नेपालमा राजतन्त्र फर्किने कुरा सम्भव नभएको दाबी गरे। उनले भने, ‘त्यो पूर्वराजालाई मैले कुनै महत्त्व दिएको छैन। मानिसहरूले प्रतिक्रिया दिइरहेका छन्। किनभने इतिहासबाट धेरै अघि बढिसक्यो। उनलाई कसैले बोल्न लगाएका होलान्। जसले स्वार्थसिद्ध नजिक बसेर पाउँला भन्ठानेर अघि बढाएका होलान्। तर, त्यसको केही अर्थ छैन। यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा असम्भव छ।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

अभिनेत्रीकाे चक्करमा डिर्भाेस गर्दैछन् गाेविन्दा?

पछिल्लाे समय बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेदले चर्चा बटुलिरहेकाे छ। भारतीय सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘लाज शरणम्’ आजबाट हलमा, सबै शो हाउसफुल

कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका थिए। ललितपुरको लाबिम मल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन्। काठमाडौंको सिभिल मललगायतका हलमा पनि अधिकांश टिकट बिक्री भइसकेका छन्। रिलिजको २४ घण्टा अगाडि नै अधिकांश शोहरू हाउसफुल हुनु र धेरै अग्रिम बुकिङ हुनु चलचित्रको राम्रो व्यापार गर्ने संकेत हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी आफ्नै वर्ग र समुदायमा फर्केकाे छ: प्रचण्ड

गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै उनले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको जानकारी दि । यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बिराटनगर

ट्रम्पको नयाँ अफर, ५० लाख डलरमा ‘ट्रम्प गोल्ड कार्ड’ भिसा किन्न पाइने

ओभल हाउसबाट नयाँ कार्ड बिक्री खुल्ला भएको घोषणा गर्दै ट्रम्पले भनेका छन् ‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं। ५० लाख डलर तिरेपछि यसले ग्रीन कार्डका विशेषाधिकारहरू प्रदान गरिनेछ। र यसबाट अमेरिकी नागरिकता पाउने बाटो खुल्नेछ। धनी व्यक्तिहरू यो कार्ड किनेर अमेरिका आउन सक्नेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिनाथमा शिवरात्रिकाे राैनक (तस्बिरहरू)

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।  महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो।  ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनसँग के त्यस्तो खनिज छ, जसका लागि ट्रम्प मरिहत्ते गरिरहेछन्?

ट्रम्पले अमेरिकालाई युक्रेनी भूमिमा रहेको ‘रेयर अर्थ मिनिरल्स’को स्वामित्न दिन जेलेन्स्कीलाई भनेका थिए। रुससँग युद्ध लड्नका लागि यसअघि बाइडेन प्रशासनले युक्रेनलाई अर्बौं डलर सहायता दिएको बदलामा उनले युक्रेनसँग खनिज मागेका थिए। तर युक्रेनले सुरुमा मानेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल: नेपाल र म्यान्मार भिड्दै

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ। म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक, कुन-कुन सडक बन्द छन्?

कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी ८ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ। ट्राफिक कार्यालयहरू यो क्षेत्रमा पार्किङ गर्न मिल्ने र बन्द गरिएका सडकहरूका बारेमा पनि जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धादिङमा ट्याङ्कर खस्यो, दुईजनाको मृत्यु

प्रहरीका अनुसार दुर्घटनामा गजुरीका १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाशिवरात्रि: बिहान दुई बजेदेखि पशुपतिनाथका चारै ढोका खुला

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ।  भगवान् शिवजी उत्पत्ति भएको रातका रुपमा लिइने महाशिवरात्रि हिन्दुहरूको एउटा ठूलो पर्व पनि हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बसुन्धारास्थित महेन्द्रनारायण निधि अस्पताल नयाँ व्यवस्थापनमा पुनः सञ्चालन

मन्त्री पौडेलले निधिको नामको कारणले अस्पतालको छुट्टै सन्देश हुने बताए। उनले निधि मधेशी जनताको अधिकार दिलाउनका लागि बिनास्वार्थ काम गरेको बताए। विमलेन्द्र निधिले नयाँ व्यवस्थापनमा अस्पताल संचालन आएको खुशी व्यक्त गरे। उनले यसअघि अस्पताल संचालनमा केही कठिनाई आएपनि अव त्यस्तो नहुने बताए। उनले अस्पतालले स्वस्थ नागरिक बनाउनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति दर्शनमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए। प्रधानमन्त्री ओलीका साथमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइयो: प्रधानमन्त्री

‘स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न मिल्छ र? अहिले पनि साढे ५४ लाख सरकारले तिरेर विद्यार्थी पढाइराखेको छ। अनि सरकारले केही गरेन भन्ने? सरकारले धेरैलाई किन पढाउन सकेन सिमित किन गर्नुपर्याे भने हामी विद्यार्थी फि २३ लाख पनि तिर्न पर्ने त्यसको आधा साढे ११ लाख सञ्चालन खर्च पनि सरकारले दिनपर्ने १९ लाख जति फेरी काम गरेवापत पनि दिन पर्ने गर्दा साढे ५४ लाख पुग्छ। नसक्ने कुराहरू भन्दा सक्ने कुराहरु आफैं तिरेर पढ्न दिन पढ्छ हस्पिटल, इकुमेन्ट सेवा सुविधा, डाक्टर नर्स बढाउनुपर्छ। हामीले सन्तुलन ढंगबाट जानुपर्छ। शिक्षा खेलवाड गर्ने थलो होईन्। त्यसको उन्नतीको लागि व्यस्थित कदम चाल्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ को चुनाव अघि नै कांग्रेसले नयाँ नेतृत्व पाउँछः विश्वप्रकाश शर्मा

जिल्लाका साथीहरू विधानले तोकेको नियमावली भित्र रहेर टुङग्याउनुस् र हामीले भनेका पनि छौं नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि बन्नु छ तर क्रियाशिल चैं नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भएपछाडि हुँदैन। निर्धारित समय भित्र क्रियाशिल सदस्यता नविकरणको कामलाई व्यवस्थित गरौं। त्यसपछि महाधिवेशनको ढोका खुल्छ। पार्टीका सबै साथीहरू तयार भए हुन्छ। आगामी ०८४को निवार्चनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा-वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नयाँ नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४को निवार्चनमा जान्छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

पूर्वराजा जस्तो मान्छे भएर राजनीतिक साथ माग्न सुहाउँदैनः रघुजी पन्त

‘अरु देशमा राजाहरू काटिएका र फालिएका इतिहास छन्। तर हामीले शान्तिपूर्ण तरिकाले, त्यती धेरै दमन गरेपनि राजालाई सम्मानपूर्वक संसदबाट गणतन्त्र घोषणा गरेर संविधान बनाएर बिदा गरेका हौं। यसको साथै उहाँलाई पूर्व राष्ट्राध्यक्षको सम्मान पनि दिएको छ। त्यो खालको सुरक्षा पनि छ, यो सम्मानलाई त हिजोको राजाले बोक्न सक्नु पर्यो नि त्यो सम्मान बोक्न नसकेर राजनीतिक रुपमा आह्वान गरेर साथ दिनुपर्यो भन्ने कुरा प्रचण्डजीलाई सुहाउँछ, राजेन्द्र लिङदेनजीलाई सुहाउँछ। अरु राजनीतिक दलहरूलाई सुहाउँछ पूर्व राजालाई त्यो सुहाउदैँन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीमा मुछिएपछि सहकारीमन्त्रीका पीएले पिए विष, उपचारको क्रममा मृत्यु

समस्याग्रस्त सहकारीको मुद्दा मिलाइदिने भन्दै रकम बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले आत्महत्या गरेको हुनसक्ने थापा निकट स्रोतले बताएको छ। समस्याग्रस्त सहकारी घोषणा भएको सुमेरु सहकारीको विषयमा थापाको नाम मुछिएको अडिओ सार्वजनिक भएको थियो। घटनास्थलमा एक सुसाइड नोट फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले सुसाइड नोटमा सहकारी प्रकरणमा आफ्नो नाम मुछिएपछि आफ्नो प्रतिष्ठामा आँच आएको र साथीहरूले पनि विश्वास नगरेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए ‘पद तथा गोपनियताको सपथ’

उनलाई अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। ओझालाई सोमबारको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रविलाई जस्तो मुद्दा चलाए सत्तापक्षका नेताहरूको टाउको लुकाउने ठाउँ छैन’

उनले रवि लामिछानेलाई जस्तो अनुसन्धानमा ल्याउँने हो भने सत्तापक्षका नेताहरूको देशमा टाउको लुकाउने ठाउँ पनि नहुने बताए। उनले भने, ‘सत्तापक्षहरूलाई हाम्रो पार्टी सभापतिलाई जस्तोगरी होइन, अलिकति अनुसन्धान प्रक्रियामा ल्याउँ त टाउको लुकाउने ठाउँ छैन यो देशमा। युवाहरूले भ्रष्टाचारविरुद्धको आवाज उठाएका छन्, उठाउनेछन्। ०७९ ले जग बसालेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं