बिएल संवाददाता
                                पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई खासै महत्व नदिने बताएका छन्।
बुधबार प्रेस सेन्टर मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहको भनाईप्रति आफूले कुनै महत्त्व नदिने बताएका हुन्।
उनले पूर्वराजालाई कसैले उक्साएर बोल्न लगाएको हुनसक्ने अनुमान गर्दै अब नेपालमा राजतन्त्र फर्किने कुरा सम्भव नभएको दाबी गरे।
उनले भने, ‘त्यो पूर्वराजालाई मैले कुनै महत्त्व दिएको छैन। मानिसहरूले प्रतिक्रिया दिइरहेका छन्। किनभने इतिहासबाट धेरै अघि बढिसक्यो। उनलाई कसैले बोल्न लगाएका होलान्। जसले स्वार्थसिद्ध नजिक बसेर पाउँला भन्ठानेर अघि बढाएका होलान्। तर, त्यसको केही अर्थ छैन। यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा असम्भव छ।’
त्यस्तै प्रचण्डले ०८४ सालको निर्वाचनमा माओवादीले कांग्रेस र एमालेसँग चुनावी गठबन्धन नगर्ने बताए। उनले वर्तमान सरकारको गठननै अप्राकृतिक रहेको दाबी गरे।
उनले भने, ‘अहिलेको सरकार आफ्नै बोझले दबिन्छ भन्ने हो। सो विषयमा सैद्धान्तिक कुरा गरेको हो। उनीहरू ०८४ सम्म बसेपनि हामीलाई कुनै टेन्सन तनाव छैन। हामी हाम्रो वर्ग, मुद्दा र जनतातिर जान्छौँ। त्यसकारण अहिले सरकार ढाल्ने र सरकार बनाउने खेलमा विल्कुलै छैनौँ। माओवादी अहिले सरकारमा जान लालायित छैन।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया