बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको बताएका छन्।
मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको कारण आयुर्वेद वैद्य बाहेक अरुले जान्दैनन् भन्ने बाहाना बनाइएको बताएका हुन्।
उनले भने, ‘औषधि विज्ञानलाई कमाई खाने भाडो बनाइयो। त्यसलाई प्रचारको विषय बनाइएन। त्यसैले आयुर्वेद वैद्य बाहेक अरुले जान्दैनन्। मात्रा मिलेन भने तल माथि पर्न सक्छ भन्ने बाहाना बनाइयो। यो गोप्य राखियो र आफ्ना सन्तानले कमाएर खाउन भनेर सन्तानलाई मात्रै सिकाउने र वैद्यको छोरालाई मात्र वैद्य बनाउने, यस प्रकारको चलन चल्यो जसले गर्दा हामी सन्तानमा खुम्चियौं।’
अहिले पनि साढे ५४ लाख तिरेर सरकारले विद्यार्थी पढाइराखेको भन्दै स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न नमिल्ने बताए। शिक्षा खेलवाड गर्ने थलो नभएको भन्दै प्रधानमन्त्री ओलीले शिक्षाको उन्नतीको लागि व्यविस्थत कदम चाल्नुपर्ने बताए।
उनले भने, ‘स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न मिल्छ र? अहिले पनि साढे ५४ लाख सरकारले तिरेर विद्यार्थी पढाइराखेको छ। अनि सरकारले केही गरेन भन्ने? सरकारले धेरैलाई किन पढाउन सकेन सिमित किन गर्नुपर्याे भने हामी विद्यार्थी फि २३ लाख पनि तिर्न पर्ने त्यसको आधा साढे ११ लाख सञ्चालन खर्च पनि सरकारले दिनपर्ने १९ लाख जति फेरी काम गरेवापत पनि दिन पर्ने गर्दा साढे ५४ लाख पुग्छ। नसक्ने कुराहरू भन्दा सक्ने कुराहरु आफैं तिरेर पढ्न दिन पढ्छ हस्पिटल, इकुमेन्ट सेवा सुविधा, डाक्टर नर्स बढाउनुपर्छ। हामीले सन्तुलन ढंगबाट जानुपर्छ। शिक्षा खेलवाड गर्ने थलो होईन्। त्यसको उन्नतीको लागि व्यस्थित कदम चाल्नुपर्छ।’
उनले सरकारले अन्धाधुन्द नभई सोच विचार गरेर देशको पक्षमा, जनतालाई सवल बनाएर अगाडि बढाउने पक्षमा काम गर्ने दाबी गरे। सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन समेत गरे।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया