बिएल संवाददाता
ऊर्जामन्त्री दीपक खड्का नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रिपरिषदबाट हटाउने प्रयास असफल भएपछि नैतिक दवाबमा देखिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा पनि कुलमानलाई हटाउने प्रस्तावमा सहमति जुटाउन नसकेपछि उनले कुलमानलाई पदमुक्त गर्ने अन्तिम तयारीस्वरुप ‘पदबाट किन नहटाउने?’ भन्दै फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन्।
मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै खड्काले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका हुन्।
यसअघि गत पुस २२ मा सोधिएको ९ बुँदे स्पष्टीकरणमा घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको पनि उल्लेख गरिएको छ। यसअघि पनि ऊर्जामन्त्री खड्काले कुलमानसँग १५ बुँदे र ६ बुँदे स्पष्टीकरण मागिसकेका छन्।
मन्त्री खड्काले घिसिङलाई नेपाल-भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा मन्त्रालयको स्वीकृतीबिना सहभागी भएको भन्दै त्यसमा पनि स्पष्टीकरण सोधेका छन्।
स्पष्टीकरण पत्रमा सोधिएको छ, ‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूचीको विषय संख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने विषयमा मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी पाएको?’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया