बिएल संवाददाता
नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को चकचकका कारण अहिलेको सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
आइतबार रोल्पाको लिवाङमा कांग्रेस जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले कहिले कांग्रेस त कहिले एमालेसँग कुदाकुद गरेपछि संसदका दुई ठूला शक्तिबीच गठबन्धन बनाउँन बाध्य भएको दाबी गरे।
उनले भने, ‘प्रचण्डको चकचकको कारणले गर्दा कांग्रेस र एमालेको सरकार बन्यो। कांग्रेससँग हुँदा चकचक गर्दै एमालेकोमा जानुभयो, फेरि केपी ओली त बेइमान रहेछन् भन्दै कांग्रेससँग भन्न थाल्नुभयो। प्रचण्डको यही चकचकका कारण कांग्रेस-एमालेको सरकार बनाउनुपर्ने स्थिति आयो।’
थापाले वर्तमान गठबन्धनको सरकार ०८४ को चुनावसम्मै कायम रहने दाबीसमेत गरे। उनले कांग्रेस-एमाले सरकार ढाल्ने खेलमा नलाग्नेसमेत दाबी गरे।
उनले भने, ‘अब ०८४ सालसम्म हाम्रोतर्फबाट कुनै पनि चकचक हुँदैन। जुन दिनसम्म एमालेले सरकार चलाउने सहमति भएको छ त्यो दिनसम्म कांग्रेस चुपचाप बस्छ र जुन दिन कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ, त्यस दिन एमालेले इमानदारीपूर्वक नेतृत्व हस्तान्तरण गर्छ भन्ने अपेक्षा गर्छौँ। यो तीन वर्षमा सरकार बनाउने, ढाल्ने खेलमा लाग्दैनौँ।’
कांग्रेस र माओवादीको सरकार भएका बेला एमालेका तर्फबाट दर्जनौं प्रस्ताव आएको उनले खुलासा गरे। तर, शेरबहादुर देउवाले माओवादीलाई वचन दिएकोले एमालेको प्रस्ताव अस्वीकार गरेको उनले दाबी गरे।
गगनले भने, ‘माओवादीलाई छोड्नुस्, कांग्रेसलाई चाहिएको भए हामी प्रधानमन्त्री दिन तयार छौ| भनेर ५० पटक प्रस्ताव आयो, प्रधानमन्त्रीले संसदमै बसौँ न पनि भन्नुभयो। तर, शेरबहादुर देउवा जानुभएन, बरु भन्नुभयो कि- हामीले माओवादीलाई वचन दिएका छौँ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया