आज देशभर सार्वजनिक बिदा
सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन्।
बिएल संवाददाता - काठमाडाैँ