शनिबार, १५ नोभेम्बर २०२५

आज नेपाल र साउदी अरेबिया प्रतिस्पर्धा गर्दै

एसीसी प्रिमियर कपअन्तर्गत आज (बिहीबार) नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि पेस भएकाे दुवै दाबी अस्वीकृत

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट परेका दुवै दाबी अस्वीकृत भएकाे छ। मंगलबार प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी निष्कर्षमा पुग्न नसकिएकाे भन्दै अस्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारकाे छानबिन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

‘भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारवाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीद्वारा सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई दिएकाे समर्थन फिर्ता

एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नजिर मियालाई पत्र बुझाउँदै चौधरीलाई मुख्यमन्त्रीका लागि दिएकाे समर्थन फिर्ता लिएकाे जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेस प्रदेशसभामा जनमत पार्टीकाे अवरोध, बैठक स्थगित

मधेस प्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलकुद मैदान निर्माणमा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव–इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध रु नौ लाख ९३ हजार नौ सय ४० बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच सुदूरपश्चिम सरकारबारे छलफल

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चिकित्सा शिक्षा आयोगले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पठायाे अख्तियारलाई पत्र

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले कारबाही सिफारिस गरेकाहरूमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदनकाे प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र पठाउने निर्णय गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसीसी प्रिमियर कपमा नेपालकाे लगातार तेस्रो जित

नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो: केपी ओली

‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो। कम्युनिस्ट बोर्ड राख्ने काम चाहिँ विदेशीको हितमा काम गर्ने गरेको देखियो। तर यसले केही फरक पार्नेवाला छैन’, अध्यक्ष ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन कराेडमा बिक्री भएकाे बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

इजरायलमाथि हमला गरेकोमा इरानी संसददेखि सडकसम्म उत्सव

जरायलमाथि आक्रमण गरेपछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो। भने, देशैभरिका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नागढुङ्गा सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

नागढुङ्गा सुरुङ निर्माण परियोजनाले एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको जनाएकाे छ। सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसीसी प्रिमियर कप: आज नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै

नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो खेलमा आज (साेमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुख्यमन्त्रीमा एउटै पार्टीबाट २ जनाको दाबी, कानुनी परामर्शमा प्रदेश प्रमुख

लक्ष्मणकिशोरलाई मुख्यमन्त्री नियुक्ति गर्नमा प्रदेशसभामा रहेका राप्रापाका एक सदस्यको पनि समर्थन रहेको जनाइएको छ। एउटै पार्टीबाट दुईजनाको मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श थालेका छन्। कानुनी परामर्शपछि मुख्यमन्त्रीमा नियुक्ति हुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

नाउपाकी सांसद गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्ने अध्यक्ष रञ्जिता श्रेष्ठकाे निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकाे छ। आइतबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम-कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

महानगरले बनाउँदै गरेका ‘भित्ते चित्र’मा फाेटाे खिच्नेहरुकाे लर्काे (तस्बिरहरु)

काठमाडाैँ महानगरपालिकाले बनाउँदै गरेका भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे लर्काे लाग्न थालेकाे छ। सहरकाे साैन्दर्यताका लागि महानगरले पर्खालहरुमा बनाउँदै गरेकाे भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे चर्काे लाग्न थालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नाउपाकै रञ्जिता पक्षका कैलाशकाे पनि मुख्यमन्त्रीमा दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीले दाबी पेस गरेका छन्। चौधरीले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नाउपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नाउपा चौधरीकाे दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। चौधरीले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा आइतबार प्रदेश प्रमुख नजीर मियाँसमक्ष दाबी पेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी