नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हाम्रो समाजमा वर्गीय समस्या र जातिय समस्या अझैं रहेको बताएका छन्।
नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालको जातिय समस्या, भेद्भावको समस्या, असमानताको समस्या, पछौंटेपनको समस्या हटाउँदै सिंगो मानव जाति एक हुनुपर्ने बताए।
उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए।
उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टी आफ्नो तरिकाबाट भूमिका खेलिरहेको छ। अहिले राजावादी शक्तिहरूले टाउको उठाउन खोजेका छन्। झण्डै उनीहरू हावी होलान की भन्ने भइसक्या थियो। त्यस्तो बेलामा हामीले समाजवादी मोर्चालाई अगाडि बढाएर चारवटा वामपन्थी पार्टीहरू एक ठाउँमा जम्मा भएर हामीले सोच्यौं राष्ट्रिय राजनीतिको एजेण्डा, यो संविधान जोगाउने एजेण्डा, यो गणतन्त्र बचाउने एजेण्डा।’
बिएल संवाददाता
- काठमाडौं