बिएल संवाददाता
काठमाडौं महानगरपालिकाले एमाले नेताहरू र एमाले निकट मिडिया र पत्रकारहरूले कार्यवाहक मेयर सुनिता डंगोलको नाममा प्रचार गरेको एक कार्यक्रममाथि निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको आयोगलाई जवाफ पटाएको छ।
निर्वाचन आचारसंहिता, २०८२ लागु भएपछि काठमाडौं महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण पत्र काटेको थियो।
जवाफ महानगरले ७० वर्ष माथिका नागरिकहरूलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम वार्षिक बजेटबाटै स्वीकृत कार्यक्रम रहेको जानकारी गराएको हो।
‘यस महानगरपालिका नगरसभाको १७औं अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको क्रमसंख्या ७७१ मा ७० वर्ष माथिको जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रम स्वीकृत भएको व्यहोरा अनुरोध छ,’ महानगरको जवाफमा उल्लेख छ।
वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएकोले निर्वाचन आचार संहिताअनुकुल नै कार्यक्रम अगाडि बढेको महानगरले जवाफ पठाएको हो।
निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएबाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने, तर सरुवा रोगको महामारी वा कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया