संसद पुग्यो राणा पक्राउ परेको खबर, के होला सांसद पद?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ। सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने संविधानको धारा १०३ को उपधारा ३ को व्यवस्था अनुसार प्रहरीले राणालाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिएका छन्। अब आइतबार बस्ने संसद बैठकमा सभामुखले संसदलाई राणा पक्राउ परेको सूचना दिनेछन्।
बिएल संवाददाता - काठमाडौं