आइतबार, ०९ नोभेम्बर २०२५

ओली सरकारको कामप्रति कांग्रेस असन्तुष्ट, के भन्छन् रामहरि?

खतिवडाले  अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामबाट आफूहरू सन्तुष्ट हुन नसकेको बताएका हुन्। उनले सरकारको गियर बदल्नुपर्ने बेला आएको बताए। उनले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिनको पनि माग गरेका छन्। उनले भने, ‘अहिले जनआक्रोश बढेको देखिन्छ। तीनकुनेमा पनि देखियो। त्यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ। निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन। अहिले सरकार जसरी चलेको छ त्यसले कसैको चित्त बुझेको छैन। गियर परिवर्तन गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद बोहराको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक समापन

प्रतिनिधि सभाको बैठकले राप्रपाका सांसद दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। मंगलबार बसेको बैठकबाट बोहराको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित भएको हो। बोहराको चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। संसदले शोक प्रस्ताव पारित गर्दै भनेको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभा सदस्य, आठ पटक नेपाल सरकारको मन्त्री रहनु भएका नेपाली राजनीतिको एक महत्वपूर्ण व्यक्तित्व दीपक बोहराको ७४ वर्षको उमेरमा आजै २०८१ साल चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा निधन भएकोमा प्रतिनिधि सभाको यो बैठकमा उहाँको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली प्रकट गर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्मल निवासले भन्यो- दूर्गा प्रसाईं कमाण्डर होइनन्, प्रदर्शनमा दरबारको कुनै संलग्नता छैन

पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले चैत १५ गतेको प्रदर्शनमा निर्मल निवासको कुनै संलग्नता नरहेको दाबी गरेको छ। तीनकुने घटनापछि निर्मल निवासको कुनै प्रतिक्रिया नआएको भन्दै व्यापक आलोचना भइरहेका बेला निर्मल निवासले मुख खोलेको छ। पूर्वराजाका संवाद सचिव फणिराज पाठकले बीएल नेपाली सेवासँग कुराकानी गर्दै १५ गतेको आन्दोलनमा निर्मल निवासको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। तीनकुनेको आन्दोलन हिंसात्मक बनेपछि ठूलो धनजनको क्षति भएको थियो। उक्त घटनापछि १०० भन्दा बढी राजावादी कार्यकर्ताहरू पक्राउ परेका छन्। भने राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार छन्। उनले पूर्वराजाले कसैलाई पनि कमाण्डर नतोकेको र प्रदर्शनको आह्वान पनि नगरेको दाबी गरे। प्रदर्शनको अघिल्लो दिन पूर्वराजासँग प्रसाईंले भेटवार्ता गरेपछि राजावादी मोर्चाले उनलाई आन्दोलनको कमाण्डर तोकेको थियो। तर, पूर्वराजाको सचिवालयले भने आन्दोलनमा निर्मल निवासको संलग्नताबारे गरिएका दाबीहरू खारेज गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज (मंगलबार) राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान र हितेन्द्रको मुद्दा न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादको रिट न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ। प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले छुट्टाछुट्टै दायर गरेको रिटमा आज पेशी तोकिएको हो। गत आइतबार पनि दुवै रिट एकैपटक हेर्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको थियो तर हेर्न नमिल्नेमा परेपछि पेसी सरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रहेनन् राप्रपा सांसद दीपक बोहरा

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा बोहराको ७४ वर्षको उमेरमा निधन भएको हो। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन्। उनी लामो समयदेखि घाँटीको समस्याबाट पीडित थिए। पछिल्लो समय उनी पेटको समस्याबाट समेत पीडित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यानमार भूकम्प : नेपालले राहत र सेनाकाे टाेली पठाउँदै

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म त्यहाँ कम्तीमा १७०० भन्दा धेरै मानिस मृत फेला परिसकेका छन्।  यो भूकम्पमा परेर १७ जना नेपालीभाषीको पनि मृत्यु भएको छ। भूकम्पले म्यानमारको छिमेकी थाइल्याण्डमा पनि क्षति गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

थाइल्याण्ड जाँदै प्रधानमन्त्री, त्यहाँका ‘राजा’लाई भेट्ने, माेदीसँग अनिश्चित

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। थाइल्याण्डसँगकाे कुटनीतिक सम्बन्ध गाँसिएकाे लगभग ६५ वर्षपछि पहिलाेपटक नेपाली प्रधानमन्त्रीकाे याे औपचारिक भ्रमण हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनआरएनए महाधसवेशन : उम्मेदवारी शुल्क सात लाख!

समितिको बैठकले अध्यक्ष पदको उम्मेदवार बन्नका लागि रु ७ लाख रुपैयाँ मनोनयन शुल्क तोकेको  छ। यसैगरी उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ तय गरिएको छ भने महासचिवको उम्मेदवार बन्न ४ लाख रुपैयाँ मनोनयन शुल्क तिर्नु पर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले मार्‍यो बाजी

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपक राज जोशी निर्वाचित भएका छन्। सोमबार इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानको नतिजा सोमबार नै सार्वजनिक भएको हो। जोशीले ७ सय ८९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे। जोशीले भट्टलाई जम्मा ८ मतले मात्र पछि पार्दै सभापतिमा बाजी मारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कमब्याकपछि रवि भन्छन्ः गणतन्त्र ओली-देउवा तन्त्र होईन, जनतन्त्र हो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको टिप्पणी गरेका छन्। सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताए। उनले भने, ‘नख्खुमा बाढी पहिरोको चपेटामा परेका चार नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ। यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ। तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ। अब पार्टीको संरचनामा काम गरौं, गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं। गणतन्त्रमा पनि सुधार आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुनेमा जलाइएका पत्रकार रजकका परिवारसँग प्रधानमन्त्रीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री राजावादीले गरेको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुनेको घटना राजनीतिक घटना मात्र होइन घटनाक्रम हो, गम्भीरतापूर्वक लिनुपर्छः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चैत्र १५ गतेको घटना राजनीतिक घटना मात्र नभई राजनीतिक घटनाक्रम भएको दाबी गरेका छन्। सोमबार संसद बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शुक्रबारको घटनाक्रमबाट धेरै कुराको सुरुवात पनि हुन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिएर त्यहीअनुसार समाधान गर्न अनुरोध गरेका छन्। उनले भने, ‘प्रधानमन्त्रीले १०, १५ हजार आउदै-जादै गर्छन् भन्दैगर्दा अस्ति ४ हजार पनि सम्हाल्न सक्नुभएन। यो एउटा हामीले बुझ्नुपर्ने, राजनीतिक घटना र घटनाक्रम फरक कुरा हो। अस्तिको घटना मात्र होइन्, घटनाक्रम हो त्यसबाट धेरै कुराको सुरुवात पनि हुन सक्छ। त्यसैले यसलाई गम्भीरता पूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गर्दछौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजतन्त्रविरुद्ध उर्लियो हेटौंडा एमाले

नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ। हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा एमालेले जागरण सभाको आयोजना गरेको हो। सभा सुरु हुनु अगाडि हेटौंडा बजारको चारैतिरबाट र्‍याली निकालिएको थियो। सोमबार हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्री गरी चार स्थानबाट र्‍याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो। सभालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरूलाई कानून बमोजिम कारवाही गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

घण्टीघरबाट गर्जिए रवि- दुई तिहाईको सरकारले जिउँदै छोड्यो, यही हो मेरो जित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्। सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरीरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए। उनले भने, ‘सरकारले सक्ने जति जोड बल लगाएको छ। केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले? भन्छन्। तिमीहरूको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत हुनजेलसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु। चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार, मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन। म राजनीतिमा हुन्नथें भने यो दुःख खेप्नुपर्ने पनि थिए। लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनामा एक पक्षलाई ‘दोषी’ देखाएर सरकार उम्कन पाउँदैन: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले तीनकुने घट्नामा सरकारले एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले तीनकुने प्रदर्शनमा गृह प्रशासनले चार हजार मान्छे आएको उल्लेख गरेको बताउँदै त्यति संख्या पनि किन सम्हाल्न नसकेको भन्दै प्रश्न गरे। उनले भने, ‘चैत्र १५ गतेको घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन। प्रधानमन्त्रीज्यूले अघिल्लो दिन १०-१५ हजार मान्छे ओहोरदोहोर गरिरहन्छन् भन्नुभएको थियो। तर गृह प्रशासनले चार हजार मान्छे किन सम्हाल्न सकेन? सविन महर्जनमाथि गोली लागेको थियो, उ ढुंगा हानिरहेको थिएन, उ हिँडेर फर्किरहेको बेलामा पछाडिबाट गोली हानिएको छ। भिडियो अहिले छ्याप्छ्याप्ती छ। यसमा प्रश्न उठ्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेता-कार्यकर्ताको रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ गतेको आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका सम्पूर्ण नेता/कार्यकर्ताहरूको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ। सोमबार राप्रपा र निकटका संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। नेताहरूलाई झूटो मुद्दा लगाएर पक्राउ गरी कारवाही थालिएको भन्दै रिहाइको मागसहित उनीहरूले प्रदर्शन गरेका छन्। झुठा मुद्दामा पक्राउ परेका राप्रपा नेता लगायत सम्पूर्ण राष्ट्रवादी नेताहरूलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मुख्य माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङ्देनको चेतावनीः जनताले चाहे गणतन्त्र क्षणभरमै ढल्छ, युवाको शक्तिलाई होच्याउने काम नगर्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेस, एमाले माओवादीलगायतका दललाई ‘तपाईँहरू मान्छे नमारी, तोडफोड नगरी आएको हो?’ भन्दै प्रश्न गरे। उनले भने, ‘जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि टिक्न सक्दैन। गणतन्त्र जान्छ। त्यसकारण जनताको, युवाको शक्तिलाई होच्याउने काम नगर्नुस्। चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको  हो? नियन्त्रण गर्ने जिम्मा सरकारको होइन? तपाईं कांग्रेस, एमाले भन्नेहरू आज यो सत्तामा भजन-किर्तन, मादल बजाउँदै आइपुगेको हो? तपाईंहरू तोडफोड नगरी आएको हो? मान्छे नमारी आएको हो? त्यसकारणले सविन महर्जन हिँडिरहेको बेला गोली किन हानियो? छतमाथि बसेर अश्रुग्यास किन प्रयोग गरियो? त्यसको जवाफ चाहिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने दाबी गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्रतिर जाने कुरा विकल्प नभएर पश्चगमनमात्रै रहेको बताएकी हुन्। पश्चगमनको पक्षमा आफूहरू यसअघि कोहीपनि नरहेको र नहुने पनि बताइन्। उनले भनिन्, ‘तीनकुनेको प्रदर्शनको प्रत्यक्ष कमाण्ड कथित कमाण्डर दुर्गा प्रसाईँले गरेका छन्। तर, हामी सबैले के बुझेका छौं भने यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन्। उनको उक्साहटमा, उनले पटक-पटक गरेका आह्वानमा, अपिलमा युवाहरू समाहित भएका छन्। म सरकारसँग सभामुखमार्फत के माग गर्न चाहन्छु भने- राजतन्त्र अहिलेको व्यवस्था होइन, संविधान भन्दामाथि कोही छैन। कानुनभन्दा माथि कोही छैन। त्यसकारण चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय अहिले लुकेर बसेका दुर्गा प्रसाईँ हुन्। सबैलाई कारबाही गरोस।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं