आइतबार, ०९ नोभेम्बर २०२५

काठमाडौंको सडकमा शिक्षकको नाराः ‘अब कि जितिन्छ, कि बितिन्छ’

संसद्को हिउँदे अधिवेशन अन्त्य भएसँगै विद्यालय शिक्षा ऐनको माग गरेर शिक्षकहरूले बुधबारबाट काठमाडौं केन्द्रीत ‘अनिश्चितकालीन’ आन्दोलन सुरु गरेका छन्। यसपटक ऐन नबनेसम्म शिक्षकहरूको काठमाडौं केन्द्रीत आन्दोलन अन्त्य नहुने शिक्षक महासंघले चेतावनी दिएको छ। नेपाल शिक्षक संघ गण्डकी प्रदेशकी उपमहासचिव टिका भण्डारी न्यौपानेले सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नगरेका कारण आन्दोलनमा आएको बताइन्। उनले शिक्षा विधेयक जारी नभएसम्म र गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यार्थीको भविष्य सुनिश्चित नगरेसम्म आफूहरू सडकबाट नफर्किने बताइन्। उनले भनिन्, ‘हाम्रो आन्दोलनको एजेण्डा एउटै मात्र छ। विगतमा गरिएका शिक्षक महासंघ र सरकारसँग भएका सहमतिहरू कार्यान्वयन होस भन्ने मात्र हो। शिक्षा क्षेत्रलाई शैक्षिक माफियाहरूको चङ्गोलमा पारेर शिक्षा क्षेत्रलाई ध्वस्त बनाउन खोजिएको अवस्था छ। ‘कि जितिन्छ कि बितिन्छ’ भनेर सडकमा आएका छौं। आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने? त्यसकारण कसैलाई बाँकी छाड्दैनौं। शिक्षा विधेयक जारी नभएसम्म र गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यार्थीको भविष्य सुनिश्चित नगरेसम्म सडकबाट फर्किदैनौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हितेन्द्रले पाए निरन्तरता, कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पुनर्वहालीको माग गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले कुलमानको रिटमा अन्तरिम आदेश जारी नगरेपछि प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले निरन्तरता पाएका छन्। इजलासले विगतमा पनि शाक्यलाई हटाएर कुलमानलाई नियुक्ति गर्दा हितेन्द्रलाई अदालतले पूनर्वहाली नगरेको नजिर दिएको छ। सोही नजिरका आधारमा कुलमानले आफूले माग गरेको अन्तरिम आदेश नपाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान र हितेन्द्रको मुद्दामा आजै आदेश आउने

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य र पदबाट हटाइएका कुलमान घिसिङको रिटमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा शाक्य र घिसिङको मुद्दाको सुनवाइ सकिएको हो। गत मंगरबारदेखिको निरन्तर सुनुवाइपछि बिहीबार सुनुवाइ सकिएको हो। दुवै रिटमाथि आजै आदेश आउने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनप्रतिनिधि र कर्मचारीसँग नगर प्रहरी जुधिरहँदा पाँचखालमा लस्सी पिउँदै थिए बालेन

बिहीबार काठमाडौं महानगरमा नगर प्रहरीसँग जनप्रतिनिधि र कर्मचारीको घम्साघम्सी भइरहँदा मेयर बालेन शाहको अत्तोपत्तो लागेन। बिहानभर मेयरको खोजी भयो तरपनि पत्तो लागेन। प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गराउँन कर्मचारीहरू चाबी खोजिरहेका थिए। बालेन भने अधिकृतको कार्यकक्षमा ताला लगाएर काभ्रेतिर हानिएको खुलेको छ। बालेन शुक्रबार नै काभ्रेको भ्रमणमा निस्किएको बुझिएको छ। यता कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षको ताला फुटाएर हाजिर गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एआईटीमा ‌ओलीको सम्बोधनः मानवीय सुख, समृद्धि र आत्मसम्मानमा नेपालले काम गरिरहेका छ

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताएका छन्।  थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताएका हुन्।  उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्काे ठुलो कुरा विश्वमा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायतका मुद्दामा साझा प्रयासका लागि आव्हान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

प्रधानमन्त्री ओली र श्रीलंकाली समकक्षीबीच भेटवार्ता

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काकी प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच  भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका ओली र समकक्षी अमरासुरियाबीच बिहीबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्र तत्काल संचालन गर्न १० करोड लाग्ने अन

वन तथा वातावराणमन्त्री ऐनबहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन्। बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरूसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए। उनले प्रारम्भिक क्षति मुल्याङ्कनमा करिब २८ करोडको हाराहारीमा क्षतिको विवरण आएको जानकारी दिए। उनले भने, ‘घटनापछि निरन्तर रुपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरूको परिस्थिति अत्यन्तै जटिल छ। हामीले त्यो बुझिरहेका छौं। अब यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मुल्याङ्कन गर्न सम्बन्धित प्राविधिकहरू, विज्ञहरू राखेर प्रारम्भिक मूल्याङ्कन गरेको छ। करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यवाहक प्रधानमन्त्री सिंहसँग राप्रपा नेताहरूको भेट, गृहमन्त्रीको राजीनामा माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर पाँच बुदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्रीको राजीनामासमेत माग गरेका हुन्। राप्रपाले तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाएको हो। साथै राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणालगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कोठामा बसेर निर्देशन नदिन’ बालेनलाई सुनिताको चेतावनी

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छन्। बिहीबार वडाध्यक्षहरू र कर्मचारीसहित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्न पुगेकी उपमेयर डंगोलले बालेनलाई कोठामा बसेर निर्देशन दिनुभन्दा बाहिर निस्केर समस्या समाधानमा लाग्न आग्रह गरेकी हुन्। ‘यो तमासा हामीले हेर्नुपर्ने? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौं। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपमेयरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको आकस्मिक बैठक

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएका छन्। यतिबेला उपमेयर सुनिता डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसिरहेको छ। उपमेयर डङ्गोल वडाध्यक्ष र कर्मचारीहरूको सुरक्षा घेरामा कार्यालय प्रवेश गरेका गुरागाईंलाई स्वागत गर्न उपमेयर पनि उनको कार्यकक्ष पुगेकी थिइन्। बिदामा राखिएका अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले प्रतिरोध गरेपछि नगर प्रहरी पछि हट्न बाध्य भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनिताको साथ पाएपछि ढोका फुटाएर कार्यकक्ष प्रवेश गरे गुरागाईं

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर महानगरको कार्यालय पुगेकी छन्। वडाध्यक्ष र कर्मचारीहरूको सुरक्षा घेरामा कार्यालय प्रवेश गरेका गुरागाईंलाई स्वागत गर्न उपमेयर पनि उनको कार्यकक्ष पुगेकी हुन्। बिदामा राखिएका अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले प्रतिरोध गरेपछि नगर प्रहरी पछि हट्न बाध्य भएको थियो। यसक्रममा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए। तर, कर्मचारीहरू र जनप्रतिनिधिहरूले ढोका नै तोडफोड गरेर उनलाई कार्यकक्ष प्रवेश गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुरागाईंलाई रोक्न बालेन प्रहरी असफल, वडाध्यक्ष र कर्मचारीले कार्यालय छिराए

काठमाडौं महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराएका छन्। आफूले निलम्बन गरेमा अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले सुरक्षा घेराले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय प्रवेश गराएका हुन्। ५ महिनादेखि तलब नपाएपछि महानगरका कर्मचारीहरू असन्तुष्ट थिए। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको काम नै ठप्प भएको भन्दै कर्मचारीले नै प्रशासकीय अधिकृतलाई हाजिर गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तल्लोबाटो’ आएर नागरिकता लिएका पनि ट्रम्पको निशानामा, नेपालीहरू पनि मारमा !

परेका देशबाट केवल व्यापारिक उद्देश्यको लागि मात्र प्रवेश पाउने र ‘एल्लो’ लिस्टमा परेका देशहरूले ६० दिनभित्र अमेरिकी चाहनाअनुसारको सुरक्षाकर्मी हटाउनु पर्ने र यदि त्यस्तो भएन भने स्वतः ‘रेड’ लिस्टमा पर्ने विदेश विभागले जनाएको छ। ‘रेड’ लिस्टमा परेका देशहरूमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र यमन छन्। त्यस्तै ‘अरेन्ज’ लिस्टमा बेलारुस, इरिट्रिया, हैटी, लाओस, म्यान्मार, पाकिस्तान, रुस, सियोरालियोन, दक्षिण सुडान र तुर्किमिनिस्तान छन्। त्यसैगरी ‘एल्लो’ लिस्टमा पर्ने देशहरूमा अङ्गोला, एण्टिगुवा र वार्बुडा, बेनिन, बुर्किनाफासो, क्यामरुन, केपवर्डे, चाड, कङ्गो गणतन्त्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, डोमिनिक, इक्वेटोरियल गिनी, गाम्बिया, लाइबेरिया, मलाबी,माली, मौरीटानिया, सेन्ट किट्स र नेविस, साओटोमे र प्रिन्सिपे, भानुआटु, जिम्बाबे र सेन्ट लुसिया छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राजावादी आन्दोलनमा २० जनामाथि ‘गोली प्रहार’

नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिए। उनले भने, ‘प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको छ। गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन्। गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन्।’ त्यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको भनेर गलत आरोप लागेको पनि उनले प्रष्ट पारेका छन्। सामाजिक सञ्जालमा आएको उक्त भिडियो फेक भएको उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रकमा भेटिएको २५ करोडका मालिक पत्ता लागे, ड्राइभर र मालिक एउटै गाउँपालिकाका

काठमाडौंको टोखास्थित झोरमा चीन जाँदै गरेको ट्रककमा भेटिएको २५ करोडको मालिक पत्ता लागेका छन्। राजश्व अनुसन्धान विभागको दुई साता लामो अनुसन्धानबाट २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँ बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ घर भएका नारायण पौडेल रहेको खुलेको छ। यसअघि पैसा लुकाएर जाँदै गरेको ना७ख १६५२ नम्बरको ट्रक ट्रकसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

सरकारले काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय बैठकले मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरू

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतीसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल-थाइल्याण्ड सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले नेपाल र थाइल्याण्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता-जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरूबीच छलफल भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

नेपाल-थाइल्याण्डबीच के-के भयो सम्झौता?

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ। मंगलबार थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान् शिनावात्राको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरिन्। थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरे। त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ। महासङ्घ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

रेडियो नेपाल कुनै व्यक्ति र पार्टीको होइन, तीन करोड नेपालीको हो: सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभइ ३ करोड नेपालीको  भएको बताएका छन्। बुधबार रेडियो नेपालको ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको  माया पाउने भएकाले यो सबै नेपालीको साझा भएको बताएका हुन्। उनले भने, ‘यो रेडियो नेपाल ३ करोड नेपालीको हो। यो कुनै व्यक्ति, पार्टीको, सरकारको होइन। सत्य तथ्य जानकारी जनताका बीचमा सम्प्रेषण गर्ने कुरामा रेडियो  नेपालको ठूलो  भूमिका छ। रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको माया पाउने छ। नेपालको समृद्धिको लागि, नेपालको बेथिती अन्त्य गर्नको लागि र जनताको सूचनाको हकलाई प्रत्याभूत गर्ने कुरा र जनताको अभिव्यक्ति स्वतन्त्रता र जनताको गोपनियतालाई कायम राखेर चाँही यसले आफ्नो अभियानहरू सुरु गर्नुपर्छ। संसारभरी रहेका नेपालीहरूको लागि पनि यो रेडियो नेपाल हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं