बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले दाङस्थित एमाले महासचिव शंकर पोखरेलको क्षेत्र पुगेर आफूलाई संसद्बाट निकाले पनि जनताको मनदेखि निकालेर देखाउन चुनौती दिएका छन्।
शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले पोखरेललक्षित गर्दै आफूलाई जेल पुर्याउने बाका प्रिय पात्रहरूलाई जनताले निर्वाचनमा हराएर देखाइदिने बताए।
लामिछानेले भने, ‘रास्वपा जनताको पक्षमा, सुशासनको पक्षमा उभिने, वकालत गर्ने पार्टी हो। हामी सरकारमा काम गरिरहेको बेला बा (केपी ओली) र उनका प्रिय पात्रहरूले मलाई जेल पुर्याए। सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ।’
आफूलाई जेल पुर्याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जनताले जवाफ दिने उनले दाबी गरे।
‘सुशासनका पक्षमा काम गर्दैगरेको एउटा सांसदलाई, भ्रष्टाचारीको फाइल खोल्न लागेका बेला मध्यरातमा प्रहरीको बुट बजार्दै जेल पुर्याउनेहरू पनि यही क्षेत्रबाट निर्वाचन उठेको सुनेको छु,’ लामिछानेले भने।
शुक्रबार रास्वपाले लुम्बिनीस्तरीय चुनावी सभा गरेको घोराही दाङ क्षेत्र नम्बर-२ मा पर्छ। जहाँ एमाले महासचिव पोखरेल पनि उम्मेदवार छन्। सो क्षेत्रमा रास्वपाले सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार बनाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया