बिएल संवाददाता
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको झण्डा जलाएको विरोधमा काडमाडौंमा रास्वपा वरिष्ठ नेता बालेन शाहको पुत्ला जलाएको छ।
अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट मसाल जुलुस निकाल्दै बालेनको पुत्ला दहन गरेर एमालेको सूर्य अंकित झण्डा जलाएकोमा विरोध गरेको हो।
लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुर्याएको भन्दै अनेरास्ववियुले झन्डा जलाएकोप्रति आपत्ति जनाउँदै घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग राखेको छ।
झण्डा जलाएको विषयमा दुई पार्टीबीच आरोपप्रत्यारोप चलेको छ। एमालेले रास्वपा कार्यकर्ताले झण्डा जलाएको आरोप लगाएको छ। यता रास्वपाले घटनाबारे खण्डन गर्दै आफ्ना नेताकार्यकर्ताको संलग्नता अस्वीकार गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया