अब कतारले उपहार दिएको जहाज चढ्नेछन् ट्रम्प
यो बिमानलाई केही मोडिफिकेशन गरेर त्यसलाई ‘एयरफोर्स वान’मा सामेल गरिनेछ। एयरफोर्स वान भनेको अमेरिकी राष्ट्रपति चढ्ने बिमान हो। जसलाई संसारकै सबैभन्दा सुरक्षित र महङ्गो साधन मानिन्छ। ह्वाइट हाउसले यो उपहारलाई कानुनीरुपमै वैध भएको जनाएको छ। कतारका राजाले ट्रम्पलाई यो उपहार दिने घोषणा उनको भ्रमणअघि नै गरिसकेका थिए। गत सातामात्रै ट्रम्प कतार, युएई र साउदीको भ्रमण गरेर फर्किएका थिए। त्यही बेला कतारको त्यो उपहार विवादमा तानिएको थियो।
बिएल संवाददाता - काठमाडौं