बिएल संवाददाता
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको प्रदेशसभा सांसद पद गुमेको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कर्णाली प्रदेश सभा सचिवालयले बुधबार एक सूचना जारी गर्दै नेता शर्माको सांसद पद रिक्त भएको औपचारिक जानकारी दिएको हो।
नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालय, सुर्खेतले गत माघ २८ गते शर्मालाई पार्टीबाट निष्कासन गरिएको पत्र सचिवालयमा दर्ता गराएको थियो।
नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालयले गत माघ २८ गते शर्मालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम पार्टीबाट निष्कासन गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाएको थियो।
पार्टीविरुद्धको गतिविधिमा लागेको भन्दै नेकपाले संसदीय दलका सदस्य एवं पार्टीका केन्द्रीय सदस्य शर्मामाथि कारबाही गरेको बुझिएको छ।
प्रदेश सभा सचिवालयले राजनीतिक दल सम्बन्धी ऐनको दफा ३५ को उपदफा (१) बमोजिम यस्तो सूचना प्राप्त भएपछि सभामुखले १५ दिनभित्र सभालाई जानकारी गराउनुपर्ने प्रावधान रहेको जानकारी गराएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया