बिएल संवाददाता
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
नाउपा नेपालका कैलाली-५ मा उम्मेदवार रहेका जगन्नाथ चौधरी पार्टी परित्याग गर्दै रास्वपा प्रवेश गरेका हुन्।
चौधरीलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी र जशु भट्ट तथा उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा उनले आफूले उठाउँदै आएका एजेन्डा र रास्वपाका उम्मेदवार आनन्द चन्दका मुद्धा मिलेको बताउँदै उनी रास्वपामा समाहित भएको बताए।
‘मेरो एजेन्डा सुशासन, समावेशिता र विकास थियो। जुन रास्वपाका उम्मेदवारको पनि छ। परिवर्तनका लागि हामी एक ठाउँमा आउन जरुरी ठानेर उम्मेदवारी स्थगित गरेको हुँ,’ उनले भने।
रास्वपा उम्मेदवार चन्दले चौधरीजस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया