बिएल संवाददाता
विवादास्पद मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन्।
राजपरिवारका सदस्यहरू स्वयं सडकमा उत्रिने तयारीमा रहेको हल्ला फैलाउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन्।
राष्ट्र, धर्म र नागरिकको सुरक्षा साझा जिम्मेवारी भएकाले सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन उनले अनुरोध गरेका छन्।
उनले लेखेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौंमा उपस्थित भइ राष्ट्रलाइ युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौं।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया