बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले यतिबेला देशमा भत्काउने र बनाउने सोचबीच द्वन्द्व जारी रहेको बताएका छन्।
बिहीबार आयोजित पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरे।
ओलीले भने, ‘आज देश यस्तो दोबाटोमा उभिएको छ। जहाँ एकातिर आवेग र आक्रोश छ। अर्कोतिर विवेक र जिम्मेवारी छ। भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ।’
ओलीले दुई ठूला दल मिलेकै कारण देशमा संकट आएको नभइ अस्थिरता चाहनेले भदौ २३ र २४ को घटना घटाएको ठोकुवा गरे।
‘ठूला पार्टी मिलेकै कारण आजको संकट आएको होइन। अस्थिरताको चक्र चलाउन, संवैधानिक हिसाबले स्थिर सरकार नढल्ने भएपछि २३ र २४ को घटना घटाइएको हो। तगारो नै राजनीतिक अस्थिरता हो। वैधानिक सीमाभित्र रहेर स्थिरताको लागि प्रयास गर्नु अपराध थिएन,’ उनले भने।
उनले अबको निर्वाचनलाई देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह बताउँदै प्रणालीमाथि नै धावा बोल्ने गरी किन संसद भंग गरियो? भन्दै प्रश्न गरे। ओलीले २३ र २४ भदौको आन्दोलनको नारा संसद भंग गर्ने नभएको पनि बताए। आन्दोलनको नाममा स्वार्थ समूहले आफ्नो फाइदा लिएको उनको आरोप छ।
‘भदौ २४ को अपराध छोप्न केहीले नयाँ शक्तिको मुकुण्डो लगाएका छन्। उनीहरूलाई चिन्न ढिलाइ गर्नुहुन्न,’ ओलीले भने।
ओलीले प्र्श्न गरे, ‘देश बन्दै थियो कि बिग्रिँदै थियो? कसले घुसपैठ गर्यो? त्यो आन्दोलन शान्तिपूर्ण थियो कि थिएन? मेरा पनि प्रश्न छन्।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया