बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अस्वस्थ भएपछि दाङको कार्यक्रममा सहभागी नहुने भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार राति नै सुर्खेतबाट जहाजमार्फत काठमाडौं फर्किएका छन्। सुर्खेतबाट सभापति रवि लामिछानेसहित बालेन साह पनि दाङ जाने कार्यक्रम थियो।
तर, स्वास्थ्यमा समस्या देखिएपछि उनी चिकित्सकीय परामर्शका लागि सुर्खेतबाट सोझै काठमाडौं फर्किएका थिए। रास्वपा स्रोतका अनुसार बालेनलाई केही दिनदेखि झाडापखालाले सताइरहेको थियो।
स्रोतका अनुसार सुर्खेतको कार्यक्रममा पनि उनी अस्वस्थ थिए। तर, पूर्वनिर्धारित कार्यक्रम भएकाले अस्वस्थ अवस्थामा नै कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रम सकिए लगत्तै उनी काठमाडौं फर्किएका थिए।
दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा सुरु भएको छ। रवि र बालेनले संयुक्त रूपमा सम्बोधन गर्ने भनिएको कार्यक्रममा रवि मात्रै सहभागी भएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया