सांसद बस्नेतविरुद्ध ‘भ्रष्टाचार मुद्दा’ दायर हुँदा कार्की, बास्कोटा र पूर्व मुख्यसचिवलाई उन्मुक्ति!
बस्नेतसहितविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिरहँदा उक्त प्रकरणमा जोडिएका चर्चित राजनीतिक पात्रहरू र पूर्व प्रशासकहरूले भने उन्मुक्ति पाएका छन्। सोही प्रकरणमा जोडिएका दुई पूर्वसञ्चारमन्त्रीहरू हुन्- कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र एमाले सांसद गोकुल बास्कोटा। त्यस्तै पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले टेरामक्स प्रकरणमा उन्मुक्ति पाएका छन्। एकै प्रकरणमा जोडिएका एउटा मन्त्रीविरुद्ध मुद्दा दायर हुँदा अन्यले उन्मुक्ति पाएपछि अख्तियारको अभियोजनमा प्रश्न उठेको छ। तर अख्तियार स्रोतले पूर्वमन्त्री बस्नेतको एकल निर्णयले भ्रष्टाचार भएको दाबी गरेको छ। स्रोतका अनुसार उनी प्रत्यक्ष जोडिएकाले विरुद्धमा मुद्दा दायर गरिएको हो। तर, कार्की, बास्कोटा र अर्याल प्रत्यक्ष नजोडिएकाले मुद्दा चलाउनुपर्ने स्थिति नरहेको स्रोतको दाबी छ।
बिएल संवाददाता - काठमाडौं