आयल निगमको प्रादेशिक कार्यालयमै बिलिङ सिस्टममा आर्थिक चलखेल
नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट हुने इन्धन ढुवानीको बिलिङमा अनियमितता हुने गरेको रहस्य बाहिर आएको छ । कार्यालय प्रमुख र अनलाइन वितरणका कर्मचारीको मिलेमतोमा इन्धन वितरण तथा इन्धन ढुवानीको बिलिङमा अनावश्यक चलखेल हुने गरेको रहस्य सार्वजनिक भएको हो । गत मसिंरदेखि सो कार्यालयको प्रमुखका रुपमा पुष्कर कार्की रहेका छन् । त्यहाँ कार्यरत कार्की, निगमको अनलाइन वितरण हेर्दै आएका अर्का कर्मचारी दिनेश यादव र सनम कार्कीको मिलोमतोमा इन्धन वितरण तथा इन्धन ढुवानीको बिलिङ गर्दादेखि नै चलखेल हुने गरेको दाबी आर्थिक दैनिक डटकमले सार्वजनिक गरेको हो । आर्थिक दैनिक डटकमले लेखेको छ– स्रोतका अनुसार निगमको प्रादेशिक कार्यालयले वितरण गरेको पेट्रोलियम पदार्थ र ढुवानी हुने इन्धन परिमाणमा आफू नजिकका केही व्यवसायी एवं इन्धन ढुवानी व्यवसायीका बीचमा मोटै कमिसनका भरमा एनओसीले बिलिङ गर्ने गरेको छ । प्रादेशिक कार्यालयको अनलाइन वितरण हेर्दै आएका कार्की र यादव तथा एनओसीमा इन्धन ढुवा
बिएल संवाददाता - झापा