कर्फ्युपछि सुनसान विरगंज, ४० जना पक्राउ
पर्सा प्रहरीले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ। आइतबार बिहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। स्थानीय प्रशासनले लगाएकोकर्फ्यु उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए। स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे। अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेसम्मका लागि कर्फ्युको समय थपेको छ।
बिएल संवाददाता - विरगंज