बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं झापाका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको भन्दै मुलधारकै भनिएका मिडियाहरूले भ्रामक समाचार फैलाएको खुलेको छ।
बिहीबार बालेन सवार हेलिकप्टर काठमाडौंबाट झापा जाने क्रममा बीचबाटोबाटै फर्किएको थियो। लगत्तै विभिन्न सञ्चारमाध्यमहरूले अनुमति नलिइ गएकोले फर्काइएको भन्दै प्रकाशित गरेका समाचारहरू भ्रामक रहेको खुलेको छ।
बालेनको सचिवालयले बीएल मिडियालाई उपलब्ध गराएको पत्रअनुसार बालेनले बुधबार नै आजका लागि निर्वाचन आयोगबाट अनुमति लिएइसकेको खुलेको छ।
बालेननिकट विश्वस्त स्रोतका अनुसार ‘गम्भीर सुरक्षा चेतावनीपछि’ उनी सवार हेलिकप्टर काठमाडौं फर्किएको थियो। सुरक्षा निकायसँगको समन्वयमा उनी फेरि हेलिकप्टरबाट झापा जाने प्रयासमा रहेको सचिवालयले बतायो।
सचिवालयका अनुसार बालेन झापा जाने खबरसँगै एमालेका कार्यकर्ताहरूले आचारसंहिताको विषय उठाएर निर्वाचन कार्यालयमा उजुरी हालेका थिए। बालेन झापा पुगेपछि तनावको स्थिति सिर्जना हुने र निर्वाचन नै भाँडिनसक्ने चिन्तापछि उनको हेलिकप्टर फर्काइएको हो।
रास्वपाले आयोगमा पत्र पठाएपछि आयोगले २० फागुन २०८२ बुधबार रास्वपाको वनस्थलीस्थित केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै हेलिकोप्टर प्रयोगको अनुमति दिएको पत्रमा उल्लेख छ।
आयोगको पत्रअनुसार बालेनलाई ‘काठमाडौं–झापा’ रुटमा मात्र हेलिकोप्टर प्रयोग गर्ने अनुमति प्रदान गरिएको छ।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया