
चक्रपथ हुँदै निजी निवासतर्फ मोडिए पूर्वराजा ज्ञानेन्द्र
विमानस्थलको प्रवेशद्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले समर्थकहरूको अभिनन्दन स्वीकार गरेका थिए। समर्थकहरूले पूर्वराजाको पक्षमा चर्को नाराबाजी गर्दै चक्रपथको बाटो हुँदै उनको निवासतर्फ लागेका छन्। स्वागतमा चक्रपथको एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज क्षेत्रमा समर्थकको बाक्लो भिड लागेको छ। पोखरामा राजावादीहरूले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए। विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरेका थिए।

बिएल संवाददाता - काठमाडौं