काठमाडौं । बिनोद भण्डारीले मलेसियाविरूद्ध आक्रामक ब्याटिङ गर्दै २५ बलमा अर्धसतक पुरा गरे।
इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका उनले मात्र २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बिनोदको यो पहिलो अर्धशतक हो। टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने उनी पारस खड्का, सन्दिप जोरा र सुबास खकुरेल पछि चौथो ब्याट्सम्यान बनेका छन्।
मात्र २५ बलमा अर्धशतक पुरा गर्दै बिनोद टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान समेत बनेका छन्।
मलेसियासँग अघिल्लो खेलमा पारस खड्काले ३५ बलमा अर्धशतक बनाएका थिए। भण्डारीले पारसको नाममा रहेको छिटो अर्धसतक बनाउने कीर्तिमान आफ्नो नाममा सारेका छन्।
बिनोद भण्डारी – २५ बल ( बिरुद्ध मलेसिया २०१९ )
पारस खड्का - ३२ बल ( विरूद्ध मलेसिया २०१९)
पारस खड्का – ३५ बल ( बिरुद्ध नेदरल्याण्ड २०१५ )
सन्दिप जोरा – ४१ बल ( बिरुद्ध युएई २०१९ ) ,
सुबास खकुरेल – ४८ बल (बिरुद्ध अफगानिस्तान २०१४)