बिएल संवाददाता
प्रहरीको पोशाक प्रयोग गर्दा अब अनुमति लिनुपर्ने भएको छ। चलिचित्र, टेलिचलचित्र, सांगितिक भिडियो, टिकटक, फेसबुक, स्टेज कार्यक्रम आदिमा प्रहरी पोशाक प्रयोग गर्न अनुमति लिनुपर्ने भएको हो।
प्रहरीको पोशाक लगाए प्रहरीकाे सांगठनिक मर्यादाविपरीतका अपशब्द बोलेको, प्रहरीले गरेका कामलाई अपव्याख्या गरेको र विभिन्न सुरक्षा चुनौति बढेको भन्दै प्रहरीको पोशाक प्रयोगमा कडाइ गरिएको छ।
नेपाल प्रहरीका प्रधान कार्यालय काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले विज्ञप्ति जारी गर्दै अब प्रहरीको पोशाक प्रयोग गर्नुअघि अनुमति लिन सबैलाई आग्रह गरेका छन्।
पोशाक प्रयोग गर्दा कुन प्रयोगजन र कथाबस्तुको स्क्रिप्टसमेत खुलाएर प्रहरीबाट स्वीकृत लिनुपर्ने छ। प्रहरीको अनुमतिविना पोशाक प्रयोग गरेमा कानुन बमोजिम कार्वाही गरिनेसमेत कडायतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया