काठमाडौं । मलेसियामा सम्पनन् एसीसी यू–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि बिजेता राष्ट्रिय क्रिकेट टिम बुधबार राति स्वदेश फर्कदैछ।
हङकङलाई ६ विकेटले हराउँदै उपाधि जितेर एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली टिम राति साँढे ९ बजे नेपाल आईपुग्न लागेको हो।
यू–१९ टिमका कप्तान रोहित पौडेल र पवन सरार्फ भने मलेसियामै रहेर नेपालको सिनियर टिमसँग जोडिनेछन्।
नेपालको सिनियर राष्ट्रिय टिम सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी विश्वकप एसिया फाईनलको तयारीका लागि मलेसियामा छ।
नेपाली टिम मलेसियामा रहेर जुलाई १३ र १४ मा दुई टी–ट्वान्टी सिरिज खेल्नेछ। रोहित र पवन मलेसियामै रहेको सिनियर टिममा समावेश भइसकेका छन्।
बाँकी खेलाडी तथा अफिसियल आजै राति काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ।
प्रतियोगिताको एक्लो दाबेदार नेपालले खेलेका सबै खेलमा सहज जित निकाल्दै उपाधि उपचालेको थियो।