अमेरिकी सदनमा ट्रम्पको सम्बोधन, डेमोक्र्याट सांसदलाई बाहिर निकालियो

Break n Links
Break n Links

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेस(संसद)लाई सम्बोधन गरेका छन्। दोस्रोपटक राष्ट्रपति भएपछि उनको यो पहिलो सम्बोधन हो। कंग्रेसको दुबै शत्रलाई उनले सम्बोधन गरेका हुन्।

उनको सम्बोधन सुन्नका लागि दुवै सदन हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेटका रिपब्लिकन तथा डेमोक्र्याटिक सांसदहरू उपस्थित भएका छन्।

यद्यपि केही डेमोक्र्याट सांसदहरूले उनको भाषण बहिष्कार गर्ने घोषणा गरेका छन्।

सम्बोधनको सुरुमै एकजना डेमोक्र्याट सांसदले उनलाई अवरोध गर्न खोजेका थिए।

हाउस अफ रिप्रेजेन्टेटिभका डेमोक्र्याट सांसद अल ग्रीन ट्रम्पको भाषण सुरु हुनासाथ उठेर विरोध जनाएका थिए। हाउस अफ रिप्रेजेन्टेटिभका डेमोक्र्याट सांसदहरूले आफ्नो टिशर्टमा ‘प्रतिरोध’ लेखेर उपस्थित भएका छन्।

ट्रम्पको भाषणमा अवरोध पुर्‍याउन खोजेको भन्दै सभामुख माइक जोन्सनले सांसद अल ग्रीनलाई संसदबाहिर निकाल्न आदेश दिएका थिए। त्यसपछि उनी संसदबाट बाहिरिए। ट्रम्पले भने आफ्नो भाषण जारी राखे।

उनको भाषण सुन्न उनका सहयोगी अमेरिकी खर्बपति एलोन मस्क पनि दर्शक दीर्घामा देखिएका छन्। सम्बोधनका क्रममा ट्रम्पले मस्कको पनि प्रशंसा गरे। चुनावी अभियानदेखि नै ट्रम्पको निकै सहयोगी र विश्वासपात्रका रुपमा काम गरेका मस्कलाई ट्रम्प प्रशासनले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीको जिम्मेवारी दिएको छ। यो निकायले अमेरिकाको खर्च घटाउने उपायहरूको खोजी गरिरहेको छ। र अहिले अमेरिकाले आफ्ना सबै वैदेशिक अनुदान रोक्कादेखि भारी मात्रामा संघीय कर्मचारीहरूको कटौती सुरु गरेको छ।

सम्बोधनको सुरुमै ट्रम्पले ‘अमेरिका फिर्ता भएको’ घोषणा गरेका थिए। र बितेका चार वा आठ वर्षमा नभएका कामहरूमा आफूले राष्ट्रपति पद सम्हालेको ४३ दिनमै धेरै प्रगती भएको पनि उनले दाबी गरेका छन्।

पदभार सम्हालेसँगै उनले सयौं कार्यकारी आदेश जारी गरेका थिए र उनले त्यसको बचाउ पनि गरेका छन्। आप्रवासीहरूलाई देश निकाला गर्नेदेखि वैश्विक संघसंस्थाहूरूको अनुदान कटौती, वैश्विक सन्धीसम्झौताबाट अमेरिकालाई अगल गर्नेदेखि धनी राष्ट्रहरूमाथि करको भारी बोकाएका ट्रम्पले आफ्नो कार्यकालसँग अमेरिकामा ‘स्वर्णिम युग’ सुरु भएको पनि घोषणा गरेका छन्।

उनले डब्ल्यूएचओ अनि पेरिस सम्झौताजस्ता अन्तर्राष्ट्रिय अभियानहरूलाई भ्रष्टको संज्ञा दिएका छन्। यी दुबै अभियानबाट उनले अमेरिकालाई बाहिर निकालिसकेका छन्। भने विश्वमा खर्बौं डलर खर्च गरिरहेको युएसएआइडी पनि ९० दिनका लागि बन्द गरिदिएका छन्।

‘हामीले हाम्रा करदाताको पैसा फजुल खर्च गर्नुभन्दा हाम्रै जनताको हितमा लगाउनुपर्छ’ उनले सम्बोधनका क्रममा भनेका छन्।

विश्वमा अमेरिकी प्रभावलाई पुनर्जिवित गर्नका लागि आफूले कडा कदमहरू चालेको बताउँदै उनले भनेका छन् ‘छ हप्ताअघि नै मैले अमेरिकाको स्वर्ण युगको बिहानी सुरु भइसकेको घोषणा गरेको थिएँ।’

प्रकाशित मिति: : 2025-03-05 09:27:00

प्रतिकृया दिनुहोस्