त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा अन्तर्राष्ट्रिय उडानका विमानहरू ‘डाइभर्ट’ भएका छन्।
विभिन्न मुलुकबाट आएका फरक वायुसेवा कम्पनीका जहाज अवतरण गर्न नसकेपछि अन्यत्र डाइभर्ट गरिएको हो।
विमानस्थल स्रोतका अनुसार दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको उडान नम्बर क्यूटिआर-५५२ को विमान कलकत्ता पठाइएको छ।
स्थानीय समयअनुसार बिहान साढे ३ बजे दोहाबाट उडेको विमान साढे १० बजे अवतरण गर्नुपर्ने थियो। विमानमा परराष्ट्रमन्त्री आरजु राणा पनि रहेको बताइएको छ।
त्यस्तै, नेपाल एयरलाइन्सको आरए-४१६ जहाज दिल्ली डाइभर्ट भएको छ।
क्वालालम्पुरबाट यात्रु लिएर आएको जहाज आकाशमा केहीबेर फन्को मारेर दिल्लीतर्फ मोडिएको ह ।
यता छन्तुबाट आएको सिचुवान एयरलाइन्सको विमान पनि काठमाडौँमा अवतरण गर्न सकेन।
सिचुवानको 3U3901 जहाज ११:२० बजे अवतरण हुनुपर्नेमा खराब मौसमका कारण ल्हासा डाइभर्ट गरिएको बताइएको छ।