एक हजारले घट्याे सुनकाे मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको हो। 

यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो। 

प्रकाशित मिति: : 2025-02-21 11:00:00

प्रतिकृया दिनुहोस्