नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो।
आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ।
आइतबार २१ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज २१ सय ५० मा कारोवार भैइरहेको छ।