पूर्वराजालाई गोकुलको व्यंग्य- डेमोक्रेसी स्थापनामा आफ्नो त्याग सम्झेर ‘नोस्टाल्जिक’ होईबक्सेछ

Break n Links
Break n Links

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रजातन्त्र दिवसको अवसरका पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको सन्देशप्रति व्यंग्य गरेका छन्।

मंगलबार पूर्व राजा शाहले प्रजातन्त्र स्थापना र त्यसपछिका गतिविधिहरू र वर्तमानमा नेपालको अवस्थाबारे चिन्ता व्यक्त गर्दै भिडियो सन्देश जारी गरेका थिए।

बुधबार सोही सन्देशमाथि टिप्पणी गर्दै बास्कोटाले पूर्व राजाले प्रजातन्त्र स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर ‘नोस्टाल्जिक’ भएको टिप्पणी गरेका हुन्।

बास्कोटाको टिप्पणी छ, ‘आज सबै डेमोक्र्याट भएको देखियो, शहीदलाई सलाम।झन गज्जब यो लाग्यो कि पुर्वराजा पनि डेमोक्रेसी स्थापनामा आफूले गरेको त्याग र योगदान सम्झेर ‘नोस्टाल्जिक’ होईबक्सेछ। समस्या डेमोक्रेसी होईन, बरु जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन। बुटपोलिसले बुट टल्काउन सक्छ, छालाको गुण बदल्दैन।’

प्रकाशित मिति: : 2025-02-19 19:55:00

प्रतिकृया दिनुहोस्