
बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारले जनतालाई राम्रो डेलिभरी दिन नसक्दा राजावादीको आन्दोलनमा जनताहरू सहभागी भएको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले जनतालाई राम्रो डेलिभरी दिन नसक्दा राजावादीको आन्दोलनमा जनताहरू सहभागी भएको भन्दै उनले आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यस बारे छलफल गर्न जरुरी रहेको बताए।
उनले भने, ‘सबै कुरामा हामी नै ठिक भनेर पनि हामी हिड्न हुँदैन। राजावादीको आन्दोलनमा सबै प्रकारमा मानिसहरू थिए। राजाका, राप्रपाका अन्य पार्टीका पनि थिए। कस्का कारणले त्यत्रा मानिस आए भनेर लडाईं नै चल्यो। हाम्रै कारणले हामीले त्यति राम्रो जनतालाई डेलिभरी दिन नसक्दा हाम्रै कारणले पनि गए होलान् यो बारे हामीले केही सोच्नुपर्ने छ। आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यो बारे छलफल गर्न जरुरी छ।’
त्यस्तै, रास्वपाकी सांसद सुमना श्रेष्ठले तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकोमा पनि टिप्पणी गरेका छन्।
उनले एउटा नेताको कारण पूरै पार्टीको बदनाम नगर्न चेतावनी दिँदै प्रमाण भए सम्बन्धित व्यक्तिको नामसहित सार्वजनिक गर्न चुनौती दिए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया