बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारले जनतालाई राम्रो डेलिभरी दिन नसक्दा राजावादीको आन्दोलनमा जनताहरू सहभागी भएको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले जनतालाई राम्रो डेलिभरी दिन नसक्दा राजावादीको आन्दोलनमा जनताहरू सहभागी भएको भन्दै उनले आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यस बारे छलफल गर्न जरुरी रहेको बताए।
उनले भने, ‘सबै कुरामा हामी नै ठिक भनेर पनि हामी हिड्न हुँदैन। राजावादीको आन्दोलनमा सबै प्रकारमा मानिसहरू थिए। राजाका, राप्रपाका अन्य पार्टीका पनि थिए। कस्का कारणले त्यत्रा मानिस आए भनेर लडाईं नै चल्यो। हाम्रै कारणले हामीले त्यति राम्रो जनतालाई डेलिभरी दिन नसक्दा हाम्रै कारणले पनि गए होलान् यो बारे हामीले केही सोच्नुपर्ने छ। आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यो बारे छलफल गर्न जरुरी छ।’
त्यस्तै, रास्वपाकी सांसद सुमना श्रेष्ठले तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकोमा पनि टिप्पणी गरेका छन्।
उनले एउटा नेताको कारण पूरै पार्टीको बदनाम नगर्न चेतावनी दिँदै प्रमाण भए सम्बन्धित व्यक्तिको नामसहित सार्वजनिक गर्न चुनौती दिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया