बलिउडमा ‘स्लिम’ युवतीहरूको राज हुन्छ भन्ने मान्यता छ। मोटो शरीर भएका युवतीहरूले बलिउडमा काम गर्न सक्दैनन् भन्ने बुझिन्छ।
यहीकारण पनि बलिउडमा प्रवेश गर्नुअघि कयौं अभिनेत्रीहरू जिम जान सुरु गर्छिन्। र, आफूलाई पातली बनाउँछन्।
अहिले बलिउडमा नाम चलेका कयौं अभिनेत्रीहरू छन्, जो कुनैबेला मोटी देखिन्थे। तर उनीहरू आफ्नो शरीरको वजन घटाउने धेरै मेहनत गरे अहिले स्लिम बने। को हुन् ती अभिनेत्रीहरू, जसले शरीरको घटाएर चर्चा कमाए?
आलिया भट्ट
आलिया भट्टले ‘स्टुडेण्ट अफ द इयर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। त्यस फिल्ममा इन्ट्री लिनअघि उनी जिम गएकी थिइन्। र, पसिना बगाइन्।
सोनम कपूर
सन् २००७ मा सन्जय लिला भन्सालीको फिल्म ‘सावरिया’बाट डेब्यू प्रवेश गरेकी थिइन्। बलिउडमा छिर्नका लागि सोनामले ३३ किलो तौल घटाएकी थिइन्। त्योबेला उनको तौलम ८९ किलोको थियो।
परिणीति चोपडा
परिणीतिलाई आफ्नो तौल घटाउनको लागि करिब दुई वर्ष लागेको थियो। उनी मोटी थिइन् भनेर कसैले सोच्दैनन्। तर अहिले भने उनी विवाह गरेर केही मोटाएकी छिन्।
सोनाक्षी सिन्हा
बलिउड प्रवेश गर्नअघि सोनाक्षीले ३० किलो तौल घटाएकी थिइन्। र, उनले दबंगमा धमाका नै मच्चाइदिएकी थिइन्। विवाहपछि उनी फेरि मोटी देखिन थालेकी छिन्।
जरीन
जरीन पनि फिल्म क्षेत्रमा आउनअघि मोटी थिइन्। उनले पनि आफ्नो तौल घटाउनका लागि जिममा धेरै पसिना बगाएकी थिइन्। अहिले उनी सुन्दर देखिन्छिन्।
सारा अलि खान
सारा पनि कुनैबेला यतिधेृरै मोटी थिइन् कि कसैले पनि सोचेका थिएननु कि उनी बलिउडमा काम गर्नेछिन् भनेर। तर उनले पनि आफ्नो तौल घटाउनका लागि विभिन्न डाइट र जिम गइनु। जसकारण उनी अहिले स्लिम भएकी छिन्। र, सुन्दर देखिन्छन्।