रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
आफूलाई तपश्वी दाबी गर्दै बाल यौन दुरूपयोग गरेका उनीविरूद्ध सोमबार मुद्दा दायर भएको हो।
सरकारी वकिलले चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बमजनलाई २०८० पुस २४ गते पक्राउ गरेको थियो।