नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हाे।
मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसैबीच मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।