नेपालीको हातमा पनि ‘हत्कडी’ लगाउँदै ट्रम्प! (भिडियाेसहित)

मेरिकामा लुकेर बसेका कति नेपालीलाई ‘निकाल्दैछन्’ ट्रम्पले? कुन–कुन स्टेटमा बसेका नेपालीहरू सबैभन्दा पहिले समातिएलान्?

कस्ता–कस्ता नेपालीहरू देश फर्किँदैछन्? ‘भिजिट भीसा’मा अमेरिका पुगेका नेता, कलाकार, एनजिओकर्मी देखि तल्लो बाटो हुँदै हिँडेर गएका कति अवैध नेपाली अमेरिकामै लुकेका छन्? 

ट्रम्प फर्किएसँगै मानव-तस्करलाई लाखौँ रकम बुझाएर अमेरिका पुगेका ‘अवैध आप्रवासी’हरूलाई धमाधम आ-आफ्नो देश फर्काइँदैछ।

अब प्रसंग जोडौं– हाम्रै छिमेकी देश भारतका १ सय ५ जना आप्रवासीहरूको। अमेरिकी सैन्य विमानमा सवार ‘अवैध आप्रवासी’हरूको ‘हातमा हत्कडी र खुट्टामा नेल’ बाँधिएको थियो। विमानमा सवार गर्भवती महिला र बालबालिका बाहेक सबै आप्रवासीहरूलाई ‘अपराधी’को जस्तै व्यवहार गरिएको थियो।

भारत सरकारले हत्कडी र नेल लगाएको तस्बिर लुकाउन खोजेपनि अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेका गरेका छन्। यसबाटै प्रष्ट हुन्छ कि अमेरिकामा अवैध रुपमा बसिरहेका आप्रवासीको दिनगन्ति सुरु भइसकेको छ।

राष्ट्रपति ट्रम्पको अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने नीतिअनुसार झण्डै १ हजार ३ सय ६५ अवैध नेपाली पनि ट्रम्प प्रशासनको निगरानीमा छन्। पहिलो लटमा ती नेपालीहरूलाई अमेरिकाबाट चाडै निष्कासन गरिने छ। उनीहरू कुनै पनि बेला समातिएर नेपाल पठाइन सक्छन्। 

दोस्रो लटमाचाहिँ आप्रवासन सम्बन्धी मुद्दा खेपिरहेका नेपालीहरू पर्छन्। यस्ता नेपालीको संख्या ४ सयको हाराहारीमा रहेको अनुमान गरिएकाे छ।

तेस्रो लटमा भने आगामी जुन ३० मा टीपीएस सकिने नेपालीहरू पर्छन्। यस प्रकारका नेपालीहरूको संख्याचाहिँ अब करिव ५ हजार हाराहारीकाे छ। त्यसपछिको लटमा ग्रीन कार्डको म्याद सकिनेहरू, विद्यार्थी भिसा थप्न समस्यामा पर्नेहरू पर्छन्।

कुरा त्यतिमा मात्र सीमित छैन, अंगिकृत नागरिक बनेकाको फाइल पनि हेर्न सकिने भनिएको छ । यदि त्यसो गरियो भने नक्कली कागजात भेटिनेलाई थप प्रक्रियामा लगेर फिर्ता पठाइने भनिएको छ । यसो गर्दा नक्कली कागजात जुटाएका धेरै एक्स्ट्रा अर्डिनरी र एसाइलीहरूको रुवाबासी नै हुन्छ।

ट्रम्पको उदयले नेपालीहरूलाई थप त्रास थपिरहेको छ। नेपालमा अहिले एकदमै चासो छ– ट्रम्पले कति नेपालीलाई देश निकाला गर्लान्। कुनकुन राज्यमा बस्नेहरू सबैभन्दा समातिएलान्। स्रोत भन्छ– १ हजार ३ सय ६५ अवैध नेपाली त पक्का देश फर्काइन्छन् नै। तर संख्या योभन्दा धेरै हुनेछ। सबै राज्यमा उतिकै निगरानी गरिएकाे छऽ 

अर्को कुरा अवैध रूपमा अमेरिका जान हिँडेका सयौँ नेपालीहरू दुबईदेखि ब्राजिल हुँदै मेक्सिकोसम्म अलपत्र छन्। यो संख्याले थप विचलित बनाइरहेको छ। भर्खंरै अमेरिका पुगेका नेपाली र उनको परिवार थप चिन्तामा छ। यस्ता धेरै दुःखदायी दिनहरू भोग्नै बाँकी छ अमेरिकी नेपालीहरूले।

अब एउटा अर्को तथ्य सुनौँ– गएको १० वर्षमा कति नेपालीहरू अमेरिकामै लुके? यसबारेमा तपाईलाई थाहा छ? पक्कै छैन!

विगत एक दशकमा अमेरिका गएका ७ हजार १ सय ४३ नेपाली अमेरिकामै लुकेको एक आधिकारिक तथ्यांक सार्वजनिक भएको छ। अमेरिकाको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’का अनुसार सन् २०१४ देखि २०२३ सम्म ओभर स्टे भएका ९ हजार ३२ नेपालीमध्ये १ हजार ८ सय ८९ ओभर स्टे भएर फर्के पनि ७ हजार १ सय ४३ भने अमेरिकामै लुकेका छन्।

नेपालीहरूको यो संख्या भिजिट भिसामा माथिल्लो बाटोबाट अमेरिका पुगेका र निर्धारित समयमा नेपाल नफर्केर लुक्नेहरूको हो। यो संख्यामा मानव तस्करहरूले तल्लो बाटोबाट अमेरिका पुर्याएका हजारौं नेपालीहरूको संख्या जोडिएको छैन।

यसरी अमेरिकामा लुकेका धेरै नेपालीहरूले शरणका लागि आवेदन दिएको छन्। कतिपय नेपालीले शरणको प्रक्रियाबाट अमेरिकी कागजात पनि प्राप्त गरिसकेका छन्। केही त ग्रीन कार्ड हुँदै अमेरिकी नागरिक भएर नोभेम्बर ५ को चुनावमा मतदान पनि गरिसकेका छन्।

अमेरिकामा लुकेर बस्नेहरूको संख्या हेर्दा– नेपाल अझै डेन्जर जोनमा पुगिसकेको छैन। १० वर्षमा ७ हजार १ सय ४३ नेपाली अमेरिकामै लुक्नु भनेको औसतमा वर्षको ७ सय १४ नेपाली लुक्नु हो। त्यो भनेको दिनमा लगभग दुई जना नेपाली अमेरिकामा गैरकानूनी रूपमा लुक्छन्।

प्रकाशित मिति: : 2025-02-10 08:22:00

प्रतिकृया दिनुहोस्