कोरियामा काम गरिरहेका नेपालीलाई मन्त्री भन्डारीले भने- यहाँकाे सिप-सम्पत्ति नेपाल लैजानुस्

Break n Links
Break n Links

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन्।

नेपाल र कोरियाबीच दुई देशीय सम्बन्ध कायम भएको ५० बर्ष पुगेको अवसरमा कोरियाको पाँच दिने औपचारिक भ्रमणमा रहका मन्त्री भण्डारीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरे।

साथै विदेशी लगानी भित्र्याउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले लगानी भित्र्याउन र लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: : 2024-12-18 18:51:00

प्रतिकृया दिनुहोस्