जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिएल संवाददाता
लगातारको मौसम खराबीको कारण यस पटकको मनास्लु हिमाल आरोहणका प्रयासहरू धमाधम स्थगित भइरहेका छन्।
गत हप्ता गएको हिमपहिरोमा परेर संसारको आठौ (८,१६३ मिटर) अग्लो हिमालमा तीन जनाको ज्यान गएको थियो भने दर्जनौँ आरोहीहरू घाइते भएका छन्। मनास्लुको चुचुरो र चौथो शिविर मुनी गएका दुइ छुट्टा छुट्टै हिमपहिरोमा आरोहीहरू परेका थिए।
विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको मनास्लु चुचुरो भन्दा केहि मिटर तल दुर्घटना भई निधन भएको थियो।
आइतबार बिहान गएको हिमपहिरोले मनास्लु आधार शिविरमा रहेका ३५ भन्दा बढी टेन्ट ध्वस्त बनाएको थियो। सोही दिन साँझ गएको अर्को हिम पहिरोले सेभेन समिट टे«क्समा आवद्ध एक शेर्पाको ज्यान गएको थियो।
आरोही मृत्युको खबरले मनास्लु हिमाल आरोहणमा आएकाहरूको मनोबल झनै कमजोर बनाएको छ।
प्रतिकुल मौसमका बाबुजुद पनि नर्वेको क्रिस्टिन हरिला सहित दर्जनौले आरोहण गर्न सफल भएका थिए। तर अधिकांश आरोहीहरू निराश भएर फर्कन थालेका छन्। चर्चित आरोही कामी रिता शेर्पा मनास्लुबाट काठमाण्डौंबाट फर्किइसकेका छन्।
सेभेन समिट ट्रेकका व्यवस्थापक थानेश्वर गुराँगाईका अनुसार भोलिदेखि मौसम झन खराब हुने देखिएकोले उनका कम्पनीका सबै आरोहणहरू स्थगित गरिएका छन्। यो वर्ष ४०० जना भन्दा बढिले मनास्लु आरोहण अनुमति लिएकोमा एक सय आरोही सेभेन समिट ट्रेकका थिए।
सेभेन समित ट्रेकका अध्यक्ष मिङमा शेर्पा र उनका भाइ छाङ दावा शेर्पा पनि मनास्लु हिमाल आरोहणको तयारीमा थिए। ती दुबै दाजुभाइले मनास्लु लगायतका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर १४ पिक आरोहीको दर्जा पाइसकेको भएपनि उनीहरूको मनास्लु आरोहण विवादास्पद बनेको थियो।
अन्य आरोही जस्तै मुख्य चुचुरोमा नपुगेका कारण उनीहरूको आरोहणमा प्रश्न उठेको थियो खासगरी अर्का नेपाली आरोही मिङमा जी शेर्पाले गत वर्ष मुख्य शिविर देखाइदिए पछि। मिङमा लगायत १४ हिमाल आरोहण गरेका अन्य विदेशी आरोही पनि उपाधी रक्षाका लागि मनास्लु पुगेका थिए।
तर यस वर्ष आरोहणमा मौसम मुख्य वाधक भएपछि उनीहरू निराश भएर फर्किएका छन्।
त्यस्तै, इलाईट एक्सपिडका चर्चित आरोही निर्मल पुर्जाले हिमालमा लगातार गएको हिमपहिरो र साथीहरूको मृत्यु र खराब मौसमको कारण आरोहण स्थगित गरिएको ट्विटरमा लेखेका छन्।
'सुरक्षा हाम्रो पहिलो प्राथमिता हो, त्यसैले हामीले सबै आरोहण स्थगित गर्ने निर्णय गरेका छौ,' उनले बताएका छन्।
यसै गरि एटके एक्स्पिडिसनका लाक्पा शेर्पाले पनि आरोहण रोकेको बताएका छन्।
`अन्तत, हाम्रो मनास्लु शरद अभियान २००२ आज, अक्टोबर ३,२००२ मा समाप्त भएको छ,´ उनले जानकारी गराएका छन्।
यसवर्ष विश्वको आठौं अग्लो हिमाल (८१६३ मिटर) मनास्लुको आरोहण खराब मौसम र धेरै प्रकोपका कारण निकै चुनौतीपूर्ण बनेको बताउँदै, यो सिजन सय प्रतिशत सफलता नपाए तापनि, हामीसँग कुनै मानवीय क्षती बिना समिटरहरूको राम्रो सफलता दर भएको बताएका छन्।
भिडियाेः TASHI-LAKPA-SHERPA
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया