विवाहकाे प्रलोभनमा देखाइ चार युवकले गरे १९ वर्षीया युवती बलात्कार

Symbolic photo
Symbolic photo

दाङमा एक १९ वर्षीया युवती चार युवकद्वारा बलात्कृत भएकी छन्।

गढवा गाउँपालिका–५ मा बस्दै आएकी युवती यही बुधबार सोही ठाउँका चार युवकद्वारा बलात्कृत भएकी हुन्। 

युवतीलाई बलात्कार गरेको आरोपमा चार युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ गढवा गाउँपालिका–५ चैनपुरका १९ वर्षीय किरण चौधरी, सोही ठाउँ मंघरका २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दिप चौधरी रहेका छन्।

ती युवतीलाई किरणले विवाह गर्ने प्रलोभनमा पारी बोलाएर चार जनाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-10-04 12:39:00

प्रतिकृया दिनुहोस्