उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ प्रमण्डलको भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चीनको स्वशाषित क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलबीच गृह मन्त्रालयमा भेटवार्ता भएको छ।

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तरमा हार्दिकतापूर्ण सम्बन्ध रहेको बताए। नेपालको विपद् तथा विकासमा चीनको सहयोग अमूल्य रहेको बताउँदै उहाँले भूकम्प तथा कोभिड महामारीका बेला र हाल पनि चीनले गरे सहयोगप्रति आभार व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ।  

चीनका राष्ट्रपति सी चिनफिङको नेतृत्वमा कार्यान्वयनमा गएको बिआरआई परियोजनालाई नेपालले आत्मसात गरिसकेको र यसमार्फत कमजोर अर्थतन्त्र भएका मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने चीनको नीतिको उनले सराहना गरे।

उपप्रधानमन्त्री श्रेष्ठले यसका लागि पूर्वाधारको कामलाई प्रभावकारी र व्यापकरूपमा अगाडि बढाउने गृहकार्य पनि सफल भइछाड्ने विश्वास व्यक्त गरे। 

सचिव वाङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको चीन भ्रमणका क्रममा उहाँ र राष्ट्रपति सीबीच भएका सहमति–सम्झौतालाई कार्यान्वयन तहमा लैजानु आफ्नो भ्रमणको उद्देश्य भएको बताए।

प्रकाशित मिति: : 2023-11-11 20:54:00

प्रतिकृया दिनुहोस्